७ बैशाख २०८१, शुक्रबार

चिनियाँ राष्ट्रपतिको धम्कीले वाइडेन डराए

चीनले स्वशासित ताइवानलाई आफ्नै प्रान्तको रूपमा हेर्छ ।

0

काठमाण्डौ । अमेरिकी प्रतिनिधि सभाकी सभामुक न्यान्सी पेलोसी अर्को हप्ता एसिया भ्रमणमा जाँदैछन् । उनको कार्यालयले भ्रमणको विस्तृत तालिका सार्वजनिक गरेको छ, तर यस भ्रमण तालिकामा ताईवान भ्रमणको कुनै उल्लेख छैन ।

न्यान्सी पेलोसीको कार्यालयले जारी गरेको भ्रमणको विस्तृत तालिकामा उनले सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानमा अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ । यसअघि उनले यो भ्रमणका क्रममा ताइवानको भ्रमण गर्न सक्ने पनि समाचारमा चर्चा थियो । यसैलाई लिएर चीन र अमेरिकाबीचको तनाव फेरि बढेको छ ।

चीनले अमेरिकालाई न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेमा अमेरिकाले नोक्सान बेहोर्ने चेतावनी दिएको थियो । उसले ‘शक्तिका साथ जवाफ दिने’ कुरा गरेको थियो । विगत केही वर्षमा धेरै अमेरिकी अधिकारीहरूले ताइवान भ्रमण गरेका छन्, तर विगत २५ वर्षमा कुनै पनि उच्चस्तरीय निर्वाचित नेताले भ्रमण गरेका छैनन् ।

अमेरिकाको क्यालिफोर्नियाबाट डेमोक्रेटिक पार्टीकी सांसद न्यान्सी पेलोसी अमेरिकी प्रतिनिधि सभाको सभामुख हुन् । उनी राष्ट्रपति र उपराष्ट्रपतिपछि अमेरिकाको तेस्रो शक्तिशाली व्यक्ति हुन् । यदि उनले ताइवानको भ्रमण गरेको भए, उनी १९९७ पछि त्यसो गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी नेता हुने थिइन् । 

चीनले स्वशासित ताइवानलाई आफ्नै प्रान्तको रूपमा हेर्छ । चीन यो देशको एक हिस्सा हुनुपर्छ भन्ने विश्वास गर्दछ । यसका लागि चीनले सैन्य हस्तक्षेप पनि गर्न सक्छ । अर्कोतर्फ, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र ठान्दछ । तर, बाइडेन प्रशासनले कथित रूपमा न्यान्सी पेलोसीलाई ताइवान जानबाट रोक्ने प्रयास गरेको बताइएको छ ।

बिहीवार अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा दुई घण्टा २० मिनेट लामो कुराकानी गरेका थिए । यश वार्तामा पनि दुवै देशले ताईवानलाई लिएर एकअर्कालाई चेतावनी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।