१२ बैशाख २०८१, बुधबार

उपत्यकाका विभिन्न ठाउँमा एमसीसी र एसपीपीविरुद्ध बृहत मसाल जुलुससहित प्रदर्शन

0

काठमाडौं: उपत्यकाका विभिन्न ठाउँमा चार दलिय रणनीतिक संयुक्त मोर्चाले पूर्वनिर्धारित कार्यक्रम अनुसार एमसीसी र एसपीपीविरुद्ध बृहत मसाल जुलुससहित प्रदर्शन गरेका छन् ।

बागबजार, कोटेश्वर, बानेश्वर, रत्नपार्क,  कलंकी, चावहील, भक्तपुरको लोकन्थली, ललितपुरको लगनखेल लगायतका स्थानहरुमा चार दलिय रणनैतिक संयुक्त मोर्चाले आह्वान गरेको मसालजुलुस कार्यक्रममा तिनका भातृ संगठन जवस मोर्चाहरुले सम्वोधन गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय मोर्चाले नागरिकता विधेयक, अमेरिकी सहयोग परियोजना एमसीसी र सैन्य मोर्चा एसपीपीविरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेका छन् ।

राष्ट्रिय स्वाधिनता, राजनैतिक आर्थिक, जनजीविका सामाजिक सुरक्षा लगायतका समस्याहरू र हिन्द प्रशान्त रणनीति (MCC) (SPP) र (IPS) जस्ता ठुला राज्यले लाडेको राष्ट्रियतामाथीको शृङखलाबद्ध हस्तक्षेपका विरुद्ध कलङ्कीमा प्रदर्शनसहित मसालजुलुस भएको छ । 

उक्त मसालजुलुसलाई सम्बाेधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य आदर्शले राष्ट्रियतामाथीको शृङखलाबद्ध हस्तक्षेप देउवा सरकारको आत्मसमर्पण हो भन्दै यसको समाप्त नगरी देश उभो नलाग्ने देखिएको बताए । त्यसैले जनसंघर्षमा सामेल हुन विशेष अपिल गर्दै उनलेे मशाल जुलुश कार्यक्रम समापन गरे । सञ्चालन वैज्ञानिक समाजवादीका कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सदस्य करण मगरले गरेका थिए  ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय अध्यक्ष बन्धु चन्दले अहिले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्रताको सवाल इतिहासमै निर्लज्ज अवस्थामा पुगेको बताएकी छन् ।

चीनलाई घेरा हाल्ने वा उसको विश्व शक्ति सन्तुलनमा सम्भावित उदयलाई रोक्ने उदेश्य सहित अमेरिकाले नेपाललाई स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी सम्झौता गर्न र अमेरिकी सैन्य साझेदारीमा आधारित योजनालाई कार्यन्वन गर्न दबाब बढाएको बेला नेपाल कम्युनिस्ट पार्टी सहित चार दलिय मोर्चाद्वारा आइतबार काठमाडौंको चाबहिलमा भएको मशाल जुलुस पछिको सभालाई सम्बोधन गर्ने क्रममा केन्द्रिय सदस्य चन्दले यस्तो बताएकी हुन् ।     

चन्दले भनिन्, `हामीले देशलाई बचाउन र विदेशी हस्ताक्षेप विरुद्ध बाेल्दा हाम्रा कैयौ युवाहरुलाई मुद्दा लगाइएको छ, जेल पुर्याइएको छ, देशका लागि लड्ने क्रममा सरकारले धन्यवाद दिनुको सट्टा उल्टै दुख दिने काम गरेको छ ।´

बागबजारको भक्तपुर बसपार्कबाट सुरू भएको मसाल जुलुस पुतलीसडक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई चार पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।

मसाल जुलुसमा एमसीसी मुर्दावाद, एसपीपी खारेज गर, नागरिकता विधेयक खारेज गर, चार दलिय मोर्चा जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद लगायतका नाराहरू लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले नागरिकता विधेयकमार्फत नेपाललाई फिजिकरण र सिक्किमकरण गर्न लागेको भन्दै जनताद्वारा यसलाई अस्वीकार गर्नु पर्ने बताए ।

‘हामीले नयाँ लेण्डुपेहरु को को हुन् चिनी राखौँ ।’  जनस्तरबाट यसको विरोध गर्दै खारेज गर्न पर्छ ।’                              काठमाडौंको मुख्य सडक बागबजारमा चार कम्युनिष्ट पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।          अमेरिकाले नेपालमा एमसीसी र एसपीपीमार्फत नेपाली आमाको छात्तीमा बुट प्रहार गरिरहेको भन्दै नेपाल आमाका सपुतहरुले यसको प्रतिकार गर्न पर्ने बताए । कार्यक्रम अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विकले सञ्चालन गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।