१५ चैत्र २०८०, बिहीबार

गुल्मीको पाँच स्थानमा मसाल जुलुस

मसाल जुलुसमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नाराबाजी गरिएको थियो ।

0

गुल्मी । राष्ट्रघाती एमसीसी र एसपीपी सम्झौता खारेजीको माग गर्दै गुल्मीको पाँच स्थानमा नेकपाले मसाल जुलुस प्रदर्शन गरेको छ । चार पार्टीद्धारा घोषणा गरिएको केन्द्रीय कार्यक्रम अन्तर्गत गुल्मीमा नेकपाले मसाल जुलुस तथा कोणसभा सम्पन्न गरेको हो ।

गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक, अस्लेवा चौर, धुर्कोत गाउँपालिकाको बर्बोट र नयाँगाउँ, मदानेको पुर्कोत दहमा नेकपाले मसाल जुलुस सम्पन्न गरेको हो ।
सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा भएको मसाल जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा गुल्मीका सेक्रेटरी सुमनले एमसीसी र एसपीपी सम्झौता राष्ट्रघाती भएको भन्दै यसलाई कुनै हालतमा पनि कार्यान्वयन गर्न नदिने बताउदै साम्राज्यवादका दलालहरुको दिनगन्ती सुरु भएको बताए ।

 

उनले एमसीसी पास गर्ने साम्राज्यवादका दलालहरुलाई देशबाट लेखेट्नुपर्ने बताउदै राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता रक्षाका लागी देशभक्त र क्रान्तिकारीहरुले संघर्ष गर्नुपर्ने बताए । उनले राष्ट्रघाती नागरिकता विधेयक फिर्ता गर्नुपर्ने र महंगी, भ्रष्टाचार, लघुवित्त संस्थाको ज्यादती र सामाजिक अपराध विरुद्ध पार्टीले सम्झौताहिन संघर्ष गर्ने समेत बताए ।

सत्यवती गाउँपालिकाको अस्लेवा चौरमा भएको मसाल जुलुसपछिको कोणसभालाई गाउँपालिका इन्चार्ज पुरुषोत्तम अधिकारी र युवा संगठन नेपाल गाउँपालिका संयोजक गम्मर तरामु मगर, मदाने गाउँपालिकाको पुर्कोट दहमा भएको मसाल जुलुसपछिको कोणसभालाई जिल्ला जनसरकार प्रमुख एवं गाउँपालिका इन्चार्ज बसन्त गैरेले संवोधन गर्नुभएको थियो ।

धुर्कोट गाउँपालिकाको बर्बोटमा भएको जुलुसपछिको कोणसभालाई नेकपा जिल्ला सदस्य एवं अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रीय सदस्य विनोद पोखरेल र नयाँ गाउँमा भएको मसाल जुलुसपछिको कोणसभालाई नेकपा जिल्ला सदस्य एवं युवा संगठन नेपाल जिल्ला संयोजक चन्द्र सुनारले सम्बोधन गरेका थिए ।

मसाल जुलुसमा सयौंको संख्यामा युवा एवं जनसमुदायको सहभागिता रहेको थियो । केन्द्रीय कार्यक्रम अन्तर्गत गरिएको मसाल जुलुसमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नाराबाजी गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।