१४ बैशाख २०८१, शुक्रबार

दैलेखमा पनि मसाल जुलुस

राष्ट्रघाति एमसिसि, एसपिपि सम्झाौताले युक्रेन वनाउने – दिपेन्द्र

0

दैलेख । नेकपा सहित चारवटा कम्युनिस्ट पार्टीले घोषणा गरेको एमसिसि, एसपिपि, राष्टघाति नागरिकता विधेयक र महङी बिरुद्ध केन्द्रीय कार्यक्रम अनुसार आज दैलेख वजारमा मसाल जुलुश कार्यक्रम सम्पन्न भएको छ । मसाल जुलुशमा अमेरिकी सम्राज्यवाद मुर्दावाद ! एमसिसि खारेज गर ! एसपिपि खारेज गर ! राष्ट्रिय स्वाधिनताको रक्षा गरौ ! लगायतका नारा सहित मसाल जुलुश भएको थियो ।

मसाल जुलुश कार्यक्रम पछि भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा दैलेखका सेक्रेटरी कलम बिश्वकर्मा  दिपेन्द्रले देशलाई राष्ट्रघाति एमसिसि, एसपिपि सम्झाौताले युक्रेन वनाउने कुरा उल्लेख गर्दै एमसिसि सम्झौता सँगै एसपिपि, राष्ट्रघाति नागरिकता बिधेयक संसदबाट पास गर्नु, भष्टाचार बढ्नु र महङ्गी बढ्दै जानु ले यो ब्यवस्था असफल प्रमाणित भएको कुरामा जोड गर्नु भयो । कोणसभाको संञ्चालन नेकपा जिल्ला समिति सदस्य प्रकाशले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।