२४ बैशाख २०८१, सोमबार

पहिरोमा परि एकै घरका पाँच जनाको मृत्यू

नेकपा म्याग्दीद्धारा मृतकका परिवारहरूलाई उचित राहातको व्यवस्था, घाईतेहरूको निशुल्क प्रभावकारी उपचारको सरकारसंग माग

0

म्याग्दी । देश भरी भारी वर्षादका कारण जनजीवन प्रभावित पारेको छ । वाटोहरू अवरूद्ध हुनुको साथै वाढी पहिरोले जनजीवन अस्त व्यस्त वनाएको छ । लामो दुरीका यात्रीहरू त्रासपुर्ण छन् । पहाडतिर वाढीपहिरोले, तराईमा डुवानको समस्याले जनजीवन गाह्रो भईरहेको छ ।

म्याग्दी जिल्लामा गत सोमवार राती भिषण वर्षाकाकारण वाढीपरहिरोमा पर्दा म्याग्दी जिल्ला मालिका गाउँपालिका दुई रूम तापेङमा एकै परिवारका गम वहादुर विक, राममाया विक, नवीन विक, राजन विक र अश्मी विकको दुःखद् निधन हुन पुगेको छ ।

पहिरोमा पर्दा सोही गाउँको गोठे विक र गोरी विक घाईते हुन पुगेका छन् । वाढी पहिरोका कारण म्याग्दी जिल्लाको विभिन्न स्थानमा यतायत अवरूद्ध भएको छ ।

वाढी पहिरोका कारण जनधनको अपुरणीय क्षति भएको छ । यो विपतको घडीमा मृत्युुवरण गर्ने ५ जना नागरिकहरू प्रति नेकपा म्याग्दीले शोक विज्ञप्ति निकालेको छ ।

साथै घाईतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारहरूलाई उचित राहातको व्यवस्था, घाईतेहरूको निशुल्क प्रभावकारी उपचार माग सरकारसंग गरेको छ । जोखिमको आतंकमा वसेको वस्तीहरूको सुरक्षित पुनरवासको व्यवस्था गर्न नेपाल सरकारसंग नेकपा म्याग्दीले विशेष माग गरेको छ ।

राज्यको कमजोर व्यवस्थापनकोको कारण वाढी पहिरो प्रभावित जनताको उद्धार र राहतको कार्यमा ढिलाई भएको कारण प्राकृतिक जोखिम न्यूनिकरणको लागी वर्षालाई ध्यानमा राखी सुरक्षाकर्मी तथा प्राकृतिक जोखिम परामर्शदाताहरुको परिचालन गर्न आवश्यक देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।