४ जेष्ठ २०८१, शुक्रबार

एमसीसी, एसपीपी र महङ्गी विरुद्धको संघर्षलाई पार्टी एकतामा बदल्ने चार पार्टीको उद्घाेष

0

काठमाडौं: क्रान्तिकारी कम्युनिस्टहरु बिचको पार्टी एकताको लक्ष्यसहित गठन भएको रणनैतिक संयुक्त मोर्चामा आवद्ध चार ओटा पार्टीहरुले, एमसीसी, एसपीपी, महङ्गी र नेकपासङ्ग भएको तीन बुँदे सहमतिलाई कार्यान्वयनका लागि जनसङ्घर्स गर्दै चार पार्टी बिचको सहकार्यलाई पार्टी एकतामा बदल्ने उद्घोष गरेका छन् ।

काठमाडौँस्थित प्रज्ञा भवनमा चार पार्टीद्वारा बुधबार आयोजित “एमसीसी, एसपीपी, चर्को महङ्गी र नेकपासङ्गको तीन बुँदे सहमति विषयक” संयुक्त अन्तर्कृया कार्यक्रममा चार पार्टीको तर्फबाट मन्तव्य राख्ने वक्ताहरूले यस्तो बताएका हुन् ।
मुलुकमा बढ्दै गएको महङ्गी, भ्रस्टाचार र विदेशी हस्तक्षेप विरुद्ध र जनजीविकाको सवालमा सडक संघर्ष गर्दै आएका नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी सम्मेलित रणनैतिक मोर्चाले आयोजना गरेको अन्तर्कृया कार्यक्रमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढामगर (विषम) ले भने, “हामी चार दल पूर्व सहकार्यलाई निरन्तरता दिदै यो सहकार्यलाई एकतामा बदल्ने उद्धेश्यसहित अगाडि जाँदैछौँ । साझा वर्गदुश्मन विरुद्ध, दलाल पुजीवादी राज्यसता विरुद्ध क्रान्तिकारीहरु गोलबद्द हुनु अहिलेको आवश्यकता हो । तर यो बिचमा क्रान्तिकारीहरु बिच टुटफुट र विभाजन त भैरहेकै थियो तर रणनैतिक मोर्चामा रहेको एक दल पनि अलग हुन पुगेको छ, निश्चिय नै यसले राम्रो सन्देश दिएको छैन ।”
अहिलेको पुजिवादको चरित्र र समाजवादी आन्दोलनको चरित्रबारे व्याख्या गर्दै फेरि सचिवालय सदस्य बुढाले भने, -“अहिलेको विश्वमा पुजिवाद र समाजवादी दुई प्रणाली र दुई वर्ग विचको लडाई भैरहेको छ । पुजिवादले तेस्रो विश्वका उत्पीडित देशहरुको अर्थतन्त्र लुट्न हिजोको भन्दा फरक शैलीको विकास गरेको छ । उसले मार्क्सवादी र पुजीवादी द्वैत दर्शनको प्रयोग गरि पनि रहेको छ । उनीहरुको दर्शन भनेको एकता संघर्ष र फेरि भागवण्डामा एकता गर्ने दर्शन बन्न गएको छ । अहिलेको विश्वमा कम्युनिस्ट व्यवस्था रक्षात्मक जस्तो देखिएको भएपनि चीन, क्युवा, कोरिया लगायतका समाजवादी देशहरुलाई अमेरिकाले चुनौतिको रुपमा लिएको छ । यस चुनौतीलाई सामना गर्न सबभन्दा पहिला चीनलाई टुक्राउने उसको योजना छ र त्यसैका लागि नेपालमा एमसीसी एसपीपी कार्यान्वयन गर्न खोजियो । एशिया र विशेषत दक्षिण एशियामा प्रभाव जमाउन तथा चीनलाई घेरा हाल्न एमसीसी एसपीपी ल्याइएको हो । यसको फेरि पनि मुख्य उद्धेश्य समाजवाद र कम्युनिस्टहरुलाई दमन गर्ने नै हो ।”
मन्तव्यका क्रममा उनले भने,-” डोनाल्ड लु नेपालमा आउनु र यहाँका दलालहरुले हाम्रा विरुद्ध पक्राउ पुर्जी जारी गर्नु भनेको बाघ कराउनु र बाख्रो हराउनुको संयोग जुर्नु जस्तै हो । यदि तीन बुँदेलाई कार्यान्वयन नगरी दमन गर्ने नीति लिइएमा जनताको बिचबाट सशक्त प्रतिरोध गरिने छ ।”

अन्तरकृया कार्यक्रममा मुलुकको समसामयिक राजनीति र आर्थिक संकट र तीन बुँदेको कार्यान्वयन हुनु पर्ने भन्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उपाध्यक्ष आर बी भण्डारीले भने,”जनतालाई उल्लु बनाउनका लागि एमसीसी पास गर्ने बेला तथाकथित व्याख्यात्मक घोषणा र संकल्प प्रस्तावको एकपक्षीय नाटक मञ्चन गरियो । एमसीसी र एसपीपी आएपछि नेपाली अनुहारका देशद्रोही को को छन् भन्ने कुरा जनताले चुन्ने अवसर पाए ।
गाउँघरमा उत्पादनशिल पुजि र श्रम छैन । मेनपावर कम्पनी खोलेर राज्यले नागरिक बेच्ने नीति लिएको छ ।यसले नै देशमा आर्थिक संकट पैदा गरेको छ । परिवर्तन र क्रान्तिका लागि आवश्यक परेछ भने हतियारबद्ध हुने बेला आउन सक्छ । तीन बुँदेको पालना र कार्यान्वयन गर्नुको सट्टा पक्राउ पुर्जी जारी गर्ने भनेको नागरिकलाई युद्दमा जान बाध्य पार्ने दुस्प्रयास हो । वस्तु तथा सेवा र उपभोक्ता बिच सिधा सम्बन्ध हुने हो र उत्पादित वस्तुको स्वदेशमा नै खपत हुने हो भने महङ्गी घट्छ तर राज्य दलाल र दलाल पुजिपतिको पक्षधर भयो । महङ्गीबाट पार पाउन राष्ट्रिय पुजिको प्रवर्द्धन गर्ने राज्य हुनुपर्छ ।त्यो विना महङ्गी घटाउन असम्भव छ । तीन बुँदे उल्लंघन गरेर सरकारले मुठभेडको स्थिति बनाउन खोज्दैछ । यदि पुनः प्रतिबन्ध लगाउने सरकारको तयारी हो भने हामी पनि लडाइका लागि तयार हुनुपर्ने हुन्छ । सरकार पनि तयार भएर बस्दा हुन्छ ।”

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका संयोजक कर्णजित बुढाथोकी (सुशिल)ले भने,”समयले नयाँ गठन, पुनर्गठन र विघटनको पनि माग गरेको छ । केहिदिन अघि प्रचण्डले देउवालाई तपाईं पहिलो हुनुहोस् तर हामीलाई दोस्रो बनाउने कि नबनाउने भनेर घृणित अभिव्यक्ति दिनु भो । यसले संसदवादीहरुको तल्लो स्तरको संस्कृतिको अभिव्यक्ति गर्छ ।”
मन्तव्य राख्दै फेरि सुशिलले भने,-” युक्रेनपछि ताइवान र नेपाल अमेरिकी साम्राज्यवादको निशानामा छन् । नेपालमा राष्ट्रियताको सवाल निकै जटिल बन्दैछ, यस विरुद्ध कसरी जुझ्ने भन्नेबारे हामी चार दल एक ठाउँमा छौँ । देशमा आर्थिक संकट आउँदैछ यसको मुख्य कारण अहिलेको सत्ता र शासकको चरित्र हो ।नेपाल कम्युनिस्ट पार्टी र सरकार बिच भएको तीन बुँदे सहमति राज्यले कार्यान्वयन गरेको छैन । यसले उनीहरु देशमा हत्या हिंसा गराएर शासकीय संकटलाई पार लगाउन खोज्दैछन् भन्ने कुरा देखियो । फेरि देशलाई युद्दमा धकेलिन्छ भने यसको जिम्मा काङ्ग्रेस र देउवाले लिनुपर्छ । हामी नेपालमा युद्द चाहन्नौँ, यदि युद्द भैहालेमा हामी जनयुद्ध हो प्रतिरोध युद्दमा जानेछौँ ।हामी रणनैतिक मोर्चालाई अब पार्टी एकताको स्तरमा विकास गर्न चाहन्छौँ । हामीले चुनाव प्रयोग गर्ने भए पनि बहिस्कार गर्ने भए पनि एउटै कार्यनीतिमा जानू पर्छ ।”

त्यस्तै आजको साम्राज्यवादको पछिल्लो चरित्र, विशेषत अमेरिकी साम्राज्यवादको विगततर्फ कोट्याउदै बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , नेपालका प्रवक्ता जागृत रायमाझीले भने, -“हामीलाई विगत ८० वर्ष देखिको इतिहास थाहा छ । यसबिचमा अमेरिका जहाँ जहाँ जान्छ , उसले त्यहाँका प्राकृतिक सम्पदाहरु र देशहरुलाई ध्वस्त पार्दै आएको छ । जब अमेरिका नेपालमा आउदैछ तब हामीले हाम्रो पानी र हाम्रो विजुलीबारे निर्णय गर्न पाउने छैनौँ ।भारत चीन वा अन्य कुनै देशले हाम्रा विरुद्ध कुनै काम गरेका छन् वा छैनन् त्यो पनि बहस गरौँला तर अमेरिकी साम्राज्यवादको विरुद्ध उसको हाकाहाकी दमनका विरुद्ध चीन उभिएको सहि हो, चीनलाइ घेर्न अमेरिका एमसीसी , एसपीपी जस्ता कार्यक्रम लिएर आएको छ ।”
एक फरक प्रसङ्ग कोट्याउदै रायमाझीले भने,-“नेपाको इतिहासमा राजालाई रास्ट्रवादी भनेर व्याख्या गरिन्छ तर यो बुझाइ गलत छ । यो देशमा गोर्खा भर्ती केन्द्र राखेर राज गर्ने राजा कसरी देशभक्त भन्न मिल्छ? कोशी, गण्डकी र कालापनीमा सेना राख्न दिने पनि राजाहरु नै थिए । यो विषय पनि नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले बहस गर्नु पर्ने मुद्दा हो ।हाम्रो देशको वार्षिक बजेटभन्दा बढी हाम्रो व्यापार घाटा छ । दलाल पुजिवाद वास्तवमा पुजिवाद नै होइन, पुजिवादले त कमसेकम वस्तु र सेवाहरुको उत्पाद्न गर्न खोज्छ । त्यसो भएको खोइ! यो दलाल पुजिवादका मतियार काङ्ग्रेस एमाले र माओवादी हुन् । यिनीहरुले चलाएको यो देशको सरकार असनको व्यापारी जस्तो छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य घटेको छ, स्वचालित प्रणाली अनुसार यहाँ तेलको मूल्य घटेको छैन । ६० को दशकपछि संसारभरी कहि पनि क्रान्तिको विजय भएको छैन । हामीले सफल हुनै नसक्ने क्रान्ति नगरौँ भन्ने हाम्रो भनाइ छ । केहिदिन अघि एक कार्यक्रममा कमरेड विप्लवले अदालत र न्यायाधीशहरुका विषयमा आलोचना गर्नु भएको थियो, सायद त्यो भएर न्यायलयले पुर्जी काटेको हो भने यो गलत छ । कमरेड किरण! तपाइ नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासको महत्त्वपूर्ण व्यक्ति हो, तपाइको बचेखुचेको साख नगुमाउनुहोस् । म अनुरोध गर्छु आउनुहोस् अब रणनीतिक मोर्चालाई चार दलबाट ६ दलमा लैजाऊ ।”

नेकपा केन्द्रिय सदस्य सावित्रा दुरा (आस्था) ले आफ्नो मन्तव्यका क्रममा भनिन्,”यो गठबन्धन सरकारले मिलेर देश खाँदैछ । हामीले त्यसको विरोध गरेपछि महासचिव विप्लव र अन्य कार्यकर्ता विरुद्ध ललितपुर अदालतद्वारा पुर्जी काटिएको छ । यो देशभक्तहरु विरुद्धको षडयन्त्र हो, हामी यसको घोर भत्सर्ना गर्छौं ।”

अन्तर्किया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष लिला थापाले मन्तव्यद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन नेकपा केन्द्रिय कार्यालय सचिव चिरञ्जीवी ढकालले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।