१७ बैशाख २०८१, सोमबार

मेरो मानसपटलमा सहिद क. महान

0

          सुरेन्द्र सी

 

साँच्चै मेरो मानसपटलमा
महान सहिद क. महान
एक कुशल र
कर्मठ योद्धा
किन्चित थिएन
कतै विचलित
आफ्नो कर्तव्यप्रति
दृढ र निष्ठावान
सक्षम र जेहेन्दार
अटल अनि जाेसिलो
अटुट अगाडि बढ्ने
मेहनति कमाण्डर
महान सहिद क.महान
गोलो, गोलो
कालो, कालो
अलि बन्ठे बन्ठे
थोरथोरै आँखा चिम्सो
कपाल माथी फर्काइएको हल्का धुम्रे
कपाल माथी फर्काइएको
बाटुलो मोहदा
हिस्सी परेको
हँसिलो परेको
हँसिलो मुहार
महान सहिद क. महान               

सहिद क. महान

आफ्नो वर्गप्रति
सहि दृष्टिकोण
सादा जिवन
उच्च मनोबलसहितको      दृढ विचार
एक क्रान्तिकारी योद्धा
महान सहिद क. महान
वर्ग वैरीप्रति
कठोर भन्दा कठोर
निर्णय लिन सक्ने
आफ्नो विचारप्रति
कठोर भन्दा कठोर
अडान लिन सक्ने
एक महान योद्धा
महान सहिद क. महान
पार्टीप्रति इमान्दार
र बफादार
आफ्नो सहयोद्धाप्रति
नरम र सरल स्वभाव
सबैको भावना समेट्न सक्ने
महान विचारको खानी
एक कर्मठ सिपाही
महान सहिद क. महान
पार्टीको आदेशलाई
विना हिचकिचाहत
निर्ममतापूर्वक
सचेत ढंगले
लागु गर्न खोज्ने
आफ्नो जिम्मेवारीप्रति
दृढताका साथ आत्मविश्वाससहित
अगाडि बढ्न प्रण गर्ने
एक साहसिक कमाण्डर
महान सहिद क. महान
छुटिले लतार्न नसक्ने
पहाडले छेक्न नसक्ने
क्रान्तिको मर्मबोधलाई
समुन्द्रको गहिराईसम्म
पुगेर मापन गर्न सक्ने
अद्भुत क्षमताका
साथै विचारका धनी
महान सहिद क. महान
हाम्रो सदासदा
उच्च सम्मान छ
भित्रैदेखि भावपूर्ण
सद्भाव छ ।
आकाशको तारा बनि
चम्की रहनु
हिमाल बनि सदा
मुस्कुराई रहनु
श्रीतिफ बनि क्रान्तिको
रक्षक बनि रहनु
सदासदा
अमर बनि रहनु
क्रान्तिकारी न्यानो
अभिवादनसहित
भावपूर्ण श्रद्धाञ्जली
छ है तिमीलाई । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।