२० बैशाख २०८१, बिहीबार

नेकपाद्वारा वाढीपहिरो प्रभावित जनताको उद्धार र राहत व्यवस्थापन कार्यमा लाग्न निर्देशन

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले अविरल वर्षाका कारण देशैभरि वाढीपहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापन कार्यलाई प्राथमिकतामा राख्न नेपाल सरकारसँग जोडदार माग गर्दै उद्धार र राहत कार्यमा लागि पर्न सिंगो पार्टी पंक्तिलाई विशेष निर्देशन दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आज एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

पार्टी प्रवक्ता प्रकाण्डले वर्षाका कारण कोशी नदीको बहाव बढ्न गई उदयपुर जिल्ला बेलका नगरपालिका वडा नम्बर ८ लाहुरे खोच डुम्रीवोटेमा भंगालो पस्दा वडा नम्बर १, २, ३, ८ र ९ का सयौँ घरधुरी र हजारौं जनता जोखिममा परेकाप्रति दु:ख व्यक्त गर्दै साहस र संयमताका साथ यस विपत्तिको सामना गर्न बेलकाका प्रभावित जनसमुदायमा पार्टी विशेष अनुरोध गरिएको छ ।
साथै जोखिममा परेका बेलकाबासी जनताको सुरक्षित स्थानमा स्थानान्तरण, तत्काल उद्धार गरि सुरक्षित स्थानमा वासको व्यवस्था र आवश्यक राहतको व्यवस्था गर्न नेपाल सरकारसँग विशेष मागसमेत गरिएको छ ।

प्रेस विज्ञप्तिको पूर्ण विवरण
वर्षाका कारण कोशी नदीको बहाव बढ्न गई उदयपुर जिल्ला बेलका नगरपालिका वडा नम्बर ८ लाहुरे खोच डुम्रीवोटेमा भंगालो पस्दा वडा नम्बर १, २, ३, ८ र ९ का सयौँ घरधुरी र हजारौं जनता जोखिममा परेका छन् । यस प्राकृतिक विपत्तिबाट भएको क्षतिप्रति हाम्रो पार्टी दु:ख व्यक्त गर्दछ । साथै साहस र संयमताका साथ यस विपत्तिको सामना गर्न बेलकाका प्रभावित जनसमुदायमा पार्टी विशेष अनुरोध गर्दछौँ ।
जोखिममा परेका बेलकाबासी जनताको सुरक्षित स्थानमा स्थानान्तरण, तत्काल उद्धार गरि सुरक्षित स्थानमा बासको व्यवस्था र आवश्यक राहतको व्यवस्था गर्न नेपाल सरकारसँग पार्टी विशेष माग गर्दछौँ । प्राकृतिक प्रकोप र दुःखमा परेका जनताको उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न उदयपुर जिल्ला पार्टीलाई विशेष निर्देशन गर्दछौँ ।
अविरल वर्षाका कारण देशैभरि बाढी पहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापन कार्यलाई प्राथमिकतामा राख्न नेपाल सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ साथै उद्धार र राहत कार्यमा लागि पर्न सिंगो पार्टी पंक्तिलाई विशेष निर्देशन गर्दछौँ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।