२४ बैशाख २०८१, सोमबार

चुनाव बहिष्कार र प्रयोगका दुवै अनुभवबाट समृद्ध छौं : अनिल सी

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीले आफुहरु क्रान्तिकारी आन्दोलनको क्रममा संसदीय व्यवस्थाका चुनाव बहिष्कार र प्रयोग दुवै अनुभवबाट समृद्ध रहेको बताएका छन।आइतबार नेकपा केन्द्रिय समिति बैठकमा मन्तव्य राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

“हामीले बिगतमा चुनाव प्रयोग गरेका पनि छौं, बहिष्कार पनि गरेका छौं,क्रान्ति र समाजवादी व्यवस्था निर्माणको आन्दोलनमा यिनका आ आफ्ना सन्दर्भ र अनुभव छ्न” – नेता अनिलले भने-“हाम्रो मुख्य उदेश्य समाजवाद हो,दलाल व्यवस्थाको अन्त्य गर्ने कुरा हो , त्यसका लागि चुनाव पनि एउटा मोर्चा हो, यसबारे परम्परागत रूपमा मात्रै सोचेर हुँदैन”

केन्द्रिय समिति बैठकमा बोल्ने क्रममा उनले चुनाव भन्ने बित्तिकै आत्त्तिनु र मात्तिनु दुइटै तरिका गलत हुने बताए।

अहिले समाज र बिश्वमा कैयौं कुराहरू फेरिका छन,यसले कम्युनिस्ट पार्टीलाई पनि नविनता र उच्चतासहित सोच्न प्रेरित गरेकै छ तर मार्क्सवादलाई शुन्यताबाट शुरु गर्न मिल्दैन,मार्क्सवाद आफैमा पूर्वसञ्चित ज्ञानको अबिछिन्न प्रक्रिया हो, नयाँ गर्ने नाममा मार्क्सवादका सार्वभौम कुराहरूलाई समेत भुल्ने कुराले क्रान्तिकारी आन्दोलनलाई ओली र प्रचण्डको ठाउँमा पुर्याउने खतरा हुन्छ भन्दै नेता अनिलले पुराना सहि र बैज्ञानिक कुराहरुमा टेकेरै नै अगाडि बढ्नु पर्ने बताए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।