४ जेष्ठ २०८१, शुक्रबार

क्रान्तिकारी गलैँचा मजदुर संघको आठौँ राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा विशाल सी

0

काठमाडौँ – अखिल नेपाल (क्रान्तिकारी) गलैँचा मजदुर संघको आठौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय सम्मेलनले बिशाल सीलाई अध्यक्षमा चयन गर्दै सम्मेलन सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौँमा सम्पन्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पेशागत संगठन गलैँचा मजदुर संघको आठौँ राष्ट्रिय सम्मेलनले विशाल सीलाई अध्यक्षमा निर्वाचित गर्दै सम्मेलन सम्पन्न भएको हो ।

पेशागत हकहितका लागि गठन हुने अन्य मजदुर संगठन जस्तै अर्को घटक गलैंचा व्यवसायमा आबद्ध मजदुर र समग्र मजदुर अधिकारका लागि संगठित हुँदै आफ्ना अधिकारको रक्षा गर्न विगत लामो समयदेखि संगठित हुँदै क्रान्तिको पक्षमा उभिदै आएको एक पेशागत घटक हो ।

काठमाडौँस्थित जोरपाटीमा भएको संगठनको राष्ट्रिय सम्मेलनले विशाल सी अध्यक्षसहित उपाध्यक्षमा अरुण सी, महासचिवमा बालकुमार सी, सचिव रुपा सी, सहसचिव रमेश सीलगायत २७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

विशाल सीको अध्क्षतामा भएको सम्मेलन उद्घाटन कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका केन्द्रीय आयोजक कमिटी संयोजक केशव सी र सुमन सीको रहेको थियो भने कार्यक्रम संचालन बालकुमार सीले गरेका थिए  । 

कार्यक्रममा नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि महासंघका आयोजक कमिटी संयोजक श्याम सीले वैज्ञानिक समाजवाद विना समग्र मजदुर वर्गको हित नहुने भन्दै अब वैज्ञानिक समाजवाद प्राप्तिका लागि आफ्नो क्षेत्रमा डटेर लाग्न निर्देशन दिएका छन् । त्यस्तै काठमाडौँमा हुन लागेको अखिल नेपाल (क्रान्तिकारी) यातायात मजदुर संघको राष्ट्रिय सम्मेलनलाई प्रभावकारी र सफल पार्न महासंघमा आबद्ध काठमाडौँका सम्पुर्ण पेशागत घटकहरुलाई  अपिल गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।