सल्यान: नेपाल कम्युनिस्ट पार्टी सल्यानका पूर्व जिल्ला इन्चार्ज एवं विशेष कमिटीका सदस्य लोकपाल केसी `महेन्द्र´ को शंकास्पद निधन भएको छ । उहाँको शव सल्यानको मोख्ला नजिकै खरभीरमा भेटिएको छ । घटनाबारे नेकपा सल्यानले शब भएको स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ । घटनाले सिङ्गो पार्टी पंक्ति एवं सल्यानी जनतालाई स्तब्ध बनाएको छ । पार्टीको नवौं महाधिवेशनको तयारीमा खटिरहेका बेला केसीको शंकास्पद निधन भएको छ ।
प्रतिक्रिया दिनुहोस्