१२ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले गर्यो सहिद पार्क सरसफाइ

0

पोखरा: नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले जयुद्धमा कास्कीबाट सहिद तथा बेपत्ता भएका यौद्धाहरुको स्मृतिमा निर्मित सहिद पार्क सरसफाइ गरेको छ ।
पार्टी सुदृढीकरण, जनसम्बन्ध विस्तार अभियान तथा राजनीतिक वैचारिक प्रशिक्षण उद्घाटन कार्यक्रमको  पूर्वसन्ध्यामा पोखराको सहिद चोकस्थित सहिद पार्क सरसफाइ गरेको हो ।
नेकपाकी गण्डकी ब्युरो इन्चार्ज शिलु सीको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्य आस्था सी, आजाद सी, विप्लव सी लगाएत प्रदेश अन्तरगतका जिल्लाहरु कास्की, लमजुङ, तनहुँ, गोरखा, म्याग्दी बाग्लुङ, पर्वत, गुल्मीका नेकपाको जिल्ला इन्चार्ज, सेक्रेटरी तथा जिल्ला स्तरका नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागितामा पार्क भित्रका विभिन्न खाले फोहोरहरुलाई झाडु लगाएर केन्द्रीकृत गरि डम्पिङ गरिएको थियो ।
जनयुद्धपछि नेपालमा लोकतान्त्रिक सङ्घिय गणतन्त्र स्थापित भइसकेपछि जनयुद्धमा सहादत प्राप्त यौद्धाहरुलाई सहिद घोषणा त गरियो तर जनयुद्धको नेतृत्व संसदिय व्यवस्थालाई प्रयोग गर्ने भनेर पुरानै व्यवस्थामा फर्कियो र त्यही व्यवस्थामा लिप्त भयो र सहिद बेपत्ता, घाइतेहरुलाई बिर्सियो आफ्नो पारिवारिक सुखभोग, नातावादमा पतन भयो । फलस्वरुप सहिदहरुको अवमुल्यन भयो सहिद बेपत्ता परिवारको उचित रेखदेख र राहत हुन सकेन, त्यसलाई क्रस गरेर सहिद बेपत्ता परिवारहरुलाई अभिभावकत्व प्रधान गर्न पार्टी लागिरहेको र भर्खरै मात्र सम्पन्न गण्डकी प्रदेशको प्रदेश स्तरीय बैठकले प्रदेश भित्रका सम्पूर्ण सहिद बेपत्ता परिवारहरुको घरघरमा पुगेर उनीहरुको परिवारमा परेको सारोगारो अफ्ठारोलाई सहज गर्न भेटघाट अभियान चलाउने निर्णयको निरन्तरता स्वरुप यो पार्क सफाइ पनि एक महत्वपूर्ण काम भएको नेकपा गण्डकी प्रदेश इन्चार्ज शिलु सी बताउँछिन् ।

सरसफाइ कार्यक्रम सकिएसङ्गै अहिले जनसम्बन्ध अभियान उद्घाटन तथा राजनीतिक वैचारिक प्रशिक्षण सहिदचोकस्थित घनश्याम स्मृति कक्षमा चलिरहेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।