राजविराज – जनयुद्धका बेपत्ता योद्धा नरसिंड चौधरीका भाई रामपुकार चौधरीले सिंहदरबारले बेपत्ता योद्धाका परिवारको बेवास्ता गरेको र न्याय नदिएको गुनासो गरेका छन् ।
विहीबार सप्तरीको खरचुहिया बजारमा नेकपाका मधेस प्रदेश इञ्चार्ज अनिल सीसहितको टोलीसँगको छलफलमा उनले उक्त पीडा पोखेका हुन् । छलफलमा चौधरीले एक पटक नेकपाका महासचिव विप्लवसँग भेटने इच्छा रहेको बताएका थिए।
चौधरीले प्रचण्ड र बाबुराम भट्टराईसँग न्याय माग्दा–माग्दा थाकेको गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्