१२ श्रावण २०८१, शनिबार

नेकपाका महासचिव विप्लव सीद्वारा ‘नयाँ संस्कृति’ को विमोचन

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीद्धारा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको प्रकाशन ‘नयाँ संस्कृति’ पत्रिका (म्यागजिन) को विमोचन गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी नेता विप्लव सीले ‘नयाँ संस्कृति’ काे विमोचन गरेका हुन् ।

पत्रिकाको विमोचन नेकपाका महासचिव विप्लव सी, नेकपाका पिबिएम, माइला सी, कृति सी, आजाद सी, सन्देश सी, खुमा सी, बन्धु सी, कान्छाराम सी र महासङ्घ कार्यलय टिम एक साथ सार्वजनिक गरेका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको मुखपत्र साहित्य वैचारिक म्यागजिन पत्रिका हो ।
नयाँ संस्कृति म्यागजिनको आवरण लेखकमा सम्पादकीयलाई मुख्य बनाएर ‘रातो झण्डा रातो यात्रा र रातो संस्कृति’ लाई क्रान्तिको मुख्य प्रतिकका रुपमा रहेको छ । त्यसैगरी ‘एकीकृत जनक्रान्ति र सी संस्कृति’ लाई क्रान्तिकारी संस्कृतिको प्रतिकका रुपमा रहेको आवरण पृष्ठ रहेको छ ।

मुखपत्रभित्र महासचिव विप्लवकाे समय र श्रमको महत्व लेख, सांस्कृतिक सम्बन्धि कम्युनिस्ट दृष्टिकोण, कुशलकृति कवितासङ्ग्रह विद्रोहको गीत, साहित्य-कला र वर्तमान, उत्पादन सम्बन्ध र संस्कृति, सी संस्कृति र सांस्कृतिक रुपान्तरण, प्रतिबन्धित घडीमा सांस्कृतिक सौन्दर्य, संस्मरण, कविता, गीत नाटक, गतिविधि लगायतका विषयहरू समेटिएको छ ।

विमोचन कार्यक्रममा लेखकले गरेको मिहनेत र अध्ययन संस्कृतको विकास लागि र लेखकको परिश्रमलाई श्रमशुल्क दिनेपनि महाङ्घका अध्यक्ष माइला सीले घोषणा गरेका छन् । महासचिव लगायत अन्य नेताहरु, लेखक, साहित्यकारहरुको रचना समेटिएकाे सम्पादक मण्डलका संयोजक कुशल सीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।