११ श्रावण २०८१, शनिबार

श्रमिकहरू भोकै र उत्पीडित हुनुपर्ने दलाल संसदीय व्यवस्था फेर्नुपर्छ : अनिल सी

0

सप्तरी– नेपाल कम्युनिस्ट पार्टी, मधेस प्रदेशका इञ्चार्ज अनिल सीले श्रमिकहरू नै भोकै नाङ्गै बस्नुपर्ने, सामाजिक न्याय नपाउने, महिला, दलित र गरीबलाई हेप्ने–चेप्ने वर्तमान दलाल संसदीय व्यवस्था फालेर नेपाली विशेषताको समाजवाद ल्याउनु पर्ने बताएका छन् ।

बिहीबार सप्तरी जिल्ला सदरमुकाम राजविराजमा भएको जिल्लाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै अनिल सीले संसदीय व्यवस्था फालेर नेपाली विशेषताको समाजवाद ल्याउनुपर्ने दाबि गरेका हुन् ।

बैठकले प्रचारात्मक, सङ्‌गठन र सरकारी कार्यालयमा भइरहेका भ्रष्टाचारविरुद्ध सङ्‌घर्ष गर्ने निर्णय गरेको प्राप्त समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।