११ श्रावण २०८१, शनिबार

मिटरब्याजीहरूले जनतामाथिको ज्यादती नरोके गम्भीर परिणाम भोग्नु पर्नेछ : अनिल सी

0

धनुषा – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले मिटर ब्याजको नाममा सूदखोरहरूले गरीब जनताहरुमाथिको ज्यादती नरोके गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्।

सोमबार धनुषाको महेन्द्रनगर बजारको डेनिस सभागृहमा भएको बैठकमा जिल्ला सदस्यहरुलाई प्रसिक्षित गर्दै मिटरब्याजका नाममा गरिव जनताहरुलाई उठिबास गराउने, आत्माहत्या गर्न बाध्य पार्ने, घरमा ताला लगाउने, यातना दिने अपराध जारी राखेको हुनाले गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन्।

बैठकमा आफ्नो प्रसिक्षणत्मक मन्तब्य राख्दै नेता अनिल सीले सूदखोरहरूले गरिव जनताहरुलाई उठिबास गराउने, आत्माहत्या गर्न बाध्य पारिरहेकाले तिनीहरुले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए।

बैठकले लघुवित्त, मिटरब्याज, महिला तथा दलित समुदायमाथि भइरहेको शोषण, दमन र हिंसा विरुद्ध संघर्ष गर्ने निर्णयसमेत गरेको जनकपुरबाट प्राप्त समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।