११ श्रावण २०८१, शनिबार

नेकपा कञ्चनपुरको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु ?

0

कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरको बैठक सम्पन्न भएको छ । विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै जिल्लाको सातौं पूर्ण बैठक हिजो (सोमबार) सम्पन्न भएको हो ।

बैठकले एउटै जिल्ला कायम गरी निर्वाचन प्रणाली अनुरूप कार्यक्षेत्र निर्धारण गर्ने , सिमानाकामा नागरिक जनसहायता हेल्प डेस्क राख्ने, राष्टघात,भ्रष्टाचार,लागुऔषध,महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको नेकपा केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी ले बताए । उनका अनुसार दिवार सी जिल्ला सचिवमा छन भएका छन् । नेता विराटले चुनावलाई क्रान्तिको मोर्चाको प्रयोग गर्ने साथै सम्पुर्ण पालिका र वडाहरुमा राष्ट्रिय राजनीति संकट र नेपाली बिषेषताको समाजबाद समाधान विषयक अन्तर्कृया सन्चालन गर्ने निर्णय भएको बताएका छन् ।

बैठक वैशाख ३० र ३१ गते गरी दुई दिन चलेको थियो ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी (रणवीर) , नेकपा केन्द्रीय सदस्य समर सी लगायत पार्टीका जिल्ला सदस्यहरूको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।