१२ श्रावण २०८१, शनिबार

महासचिव विप्लवद्वारा भक्तपुरका राष्ट्रिय मौलिक सम्पदा निर्माणका आर्किटेक रविन्द्र पुरीसँग भेट

0

भक्तपुर: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले भक्तपुर नगरपालिका वडा नम्बर १० स्थित नवदुर्गा चोकमा रहेको रविन्द्र पुरी फाउन्डेसनमा पुगेर राष्ट्रिय मौलिक सम्पदाहरुकाे अवलोकन गरेका छन् । साथै राष्ट्रिय मौलिक सम्पदा निर्माणका आर्किटेक रविन्द्र पुरीसँग भेट गरेका छन् ।
साेही क्रममा महासचिव विप्लवले राष्ट्रिय मौलिक सम्पदाका निर्माणहरु र संरक्षणबारे आर्किटेक पुरीसँग जानकारी लिएका छन् ।

आर्किटेक रविन्द्र पुरीले कला संरक्षणमा राज्यको ध्यान नपुगेको, संरक्षण सम्बन्धि विद्यार्थीहरु समेत उत्पादन गरि नेपालको मौलिक कला संरक्षणको लागि मानव दक्षता समेत अभिवृद्धि गरिरहेको र गरिरहने प्रतिबद्धता समेत महासचिवसमक्ष प्रस्तुत गरेका थिए  ।
साेही अवसरमा महासचिव विप्लव सीलाई भक्तपुरको मौलिक बाजागाजासहित भव्य स्वागत गरिएको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।