३ आश्विन २०८१, बिहीबार

मधेसको मुक्तिका लागि नेपाली विशेषताको समाजवादबाहेक अर्को विकल्प छैन : अनिल सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले मधेसी जनताको वास्तविक मुक्तिका लागि नेपाली विशेषताको समाजवादबाहेक अर्को विकल्प नभएको बताएका छन् । नेकपा बारा जिल्ला समितिको बैठकमा प्रशिक्षण मन्तव्य राख्दै उनले नेपाली विशेषताको समाजवादमा मधेसी जनताले उत्पीडन र शोषणबाट मुक्ति पाउने बताएका हुन् ।

उनले मधेसमा अहिले पनि सामान्ति उत्पीडन र शोषण चरम अवस्थामा रहेको भन्दै यसको अन्त्यका लागि नेपाली विशेषताको समाजवाद बाहेक अर्को विकल्प नभएको बताएका हुन् । नेकपा बारा जिल्ला सेक्रेटरी बिपी सीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य किम सी, अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य दिलमहमद अन्सारीले प्रशिक्षण मन्तव्य राखेका थिए ।

बिहीबार जिल्ला सदरमुकाम कलैयामा सम्पन्न बैठकले संगठन, उत्पादन र संघर्षसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।