३१ भाद्र २०८१, सोमबार

काठमाडौँ महानगरसमितिद्वारा श्रमिक मजदुर इकाई गठन

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँ महानगरमा श्रमिक मजदुर इकाई गठन गरेको छ ।

शुक्रबार नेकपा महानगर समितिले काठमाडौँ महानगरपालिका वडा नम्बर १७ ठईटीमा एक कार्यक्रमकाबिच त्यस एरियामा मजदुरी गर्ने मजदुरहरुलाई समेटेर सयर तामाङ्गको संयोजकत्वमा १५ सदस्यीय श्रमिक मजदुर इकाई गठन गरेको हो ।

उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य भृकुटी सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा महानगर इञ्चार्ज डीआर सी र महानगर सेक्रेटरी दिपक सी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

महानगर सेक्रेटरी दिपक सीका अनुसार समितिमा आवद्ध सदस्यहरुले आफुले मजदुरी गरेरै भएपनि नेकपाले लिएको विचारलाई सिरोपर गरेर क्रान्तिलाई  टेवा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।