७ आश्विन २०८१, सोमबार

नेकपा अर्घाखाँची जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न

0

नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँची जिल्लाको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी मिसन सीको अध्यक्षतामा बसेकाे बैठकमा प्रमुख अतिथि लुम्बिनी प्रदेश कार्यालय सदस्य तथा पिबिएम सन्जीव सी रहेका थिए । अतिथिहरू अर्घाखाँची जिल्ला इन्चार्ज माहुरी सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्पादन विभाग लुम्बिनी प्रदेश सदस्य सागर सीको पनि उपस्थिति रहेको थियो ।
बैठकमा बोल्दै प्रमुख अतिथि सन्जीव सीले पार्टी केन्द्रले तयार परेका नीति कार्यक्रम दस्तावेजको बारेमा सविस्तारमा ब्याख्या गरेका थिए ।
जिल्ला इन्चार्ज माहुरी सीले निर्देशनात्मक भनाई राखेका थिए । पूर्व सेक्रेटरी सागर सीले बिदाइ मन्तव्य राखेका थिए ।
पार्टी केन्द्रले तयार पारेको दस्तावेज र लुम्बिनी प्रदेश बैठकले पारित गरेको दस्तावेज र दुवै सर्कुलर सेक्रेटरी मिसन सीले वाचन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।