८ कार्तिक २०८१, बिहीबार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाको अध्यक्षमा कुमार

0

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन झापाको अध्यक्षमा कुमार सी सर्वसम्मत चयन भएका छन्। आज झापाको सुरुङ्गामा सम्पन्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, झापाको चौथो जिल्ला सम्मेलनले कुमार सीलाई अध्यक्षमा चयन गर्दै २१ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो ।

पार्टीका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन सिंह सीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा पार्टीका झापा जिल्ला सेक्रेटरी संजय सी,महासंघका केन्द्रिय उपाध्यक्ष नारायण सी , प्रदेश सदस्य हुकुम सी,बिनोद सी ,सहिद परिवार इन्द्र बहादुर लिम्बु लगायत जिल्लाका विभित्र जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

सम्मेलनमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि सुमन सिंह सी ले सबै जना उत्साहित भएर अघि बढे मात्रै समृद्ध र आत्मानिर्भर बन्न सकिने बताए । उनले भने- “अहिलेको समस्याको कारक तत्व भनेको दलाल प्रवृत्ति हो ,अमेरिकी सम्राज्यवाद हो यसको विरुद्ध नेपाली जनताले डटेर लड्नु पर्दछ र विकल्पमा नेपाली विशेषताको समाजबादले मात्रै यसको निकास दिन्छ ।”

पार्टीका नेताहरु विनोद सी, राम सी, हुकुम सी र नारायण सीले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता चमनलाल सीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।