३१ भाद्र २०८१, सोमबार

नेकपा कास्कीले मनायो १५ औं बेपत्ता योद्धा स्मृति दिवस

सहिद र बेपत्तााको सपना पूरा गर्न नेपाली विशेषताको समाजवाद : शिलु सी

0

पोखरा: नेपाल कम्युनष्टि पार्टी गण्डकी प्रदेशको निर्णयबमोजिम कास्कीसहित विभिन्न जिल्लाहरुले बेपत्ता योद्धा स्मरण दिवस मनाएका छन् ।  आज नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशको निर्णयबमोजिम जेष्ठ ७ गते आज १५ औं बेपत्ता योद्धा स्मृति दिवसको अवसर पारी नेकपा कास्कीको आयोजनामा पोखरास्थित विजय ढकाल स्मृति पार्कमा यी बेपत्ता योद्धाहरु कहाँ छन् ? भन्ने प्रश्नसहित बेपत्ता योद्धाहरुको तस्वीरसहितको होडिङ्ग बोर्ड राखिएको छ ।
बेपत्ता योद्धा स्मृति दिवसको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेकपाका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले बेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गर्दै देशमा समाजवाद स्थापनाको सपना देखेका शहिद तथा बेपत्ताहरुको सपना पूरा गर्न नेकपा लडिरहेको र सधै समाजवादको बाटोमा प्रतिबद्ध भएर अगाडि बढ्ने बताइन् । नेता शिलुले बेत्तपाहरुको स्थिति सार्वजनिक गर्न राज्य जवाफदेही र जिम्मेवार नबनेको भन्दै राज्यले बेपत्ताहरुको यथार्थ स्थिति सार्वजनिक गर्न मागसमेत गरिन् । निरंकुश राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्नको लागि मुख्य भूमिका सहिद तथा बेपत्ताहरुको रहेको भन्दै नेता शिलुले सहिद तथा बेपत्ता परिवारलाई राज्यले उचित सम्मान गर्न नसकेकोप्रति खेद व्यक्त गरेकी थिइन् । उनले राज्यमा दुई खाले प्रवृत्तिको हाबी भएको भन्दै एउटा हालको यथास्थितिवादलाई सुदृढ गर्दै लैजाने प्रवृति र प्रतिगमनवादलाई फर्काउन चाहने राजावादी प्रवृत्ति देखिएपनि दलाल पुजिँवादी व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवाद मात्रै रहेको र त्यसको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्नेसमेत बताइन् ।
कार्यक्रममा सहिद तथा बेपत्तायोद्धा परिवारको तर्फबाट बोल्दै आफ्ना बेपत्ता परिवारजनको स्थिति सार्वजनिक गर्न मागसमेत गरेका थिए । नेकपा कास्कीको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता उमेश सीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सोममाया सीले गरेकी थिइन् । यस्तै गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा पनि बेपत्ता योद्धा स्मृति दिवस प्रदेश बैठकको निर्णयबमोजिम मनाइएको छ ।
२०५६ साल जेष्ठ ७ गते तत्कालिन राज्यले दण्डपानी न्यौपाने, मिलन नेपाली, कमला शर्मा र नविन गौतम गरी ४ जनालाई काठमाडौंको टेबहाल सुन्धाराबाट गिरफ्तार गरी बेपत्ता बनाएको थियो । सोही दिनको स्मृतिमा २०६७ सालदेखि बेपत्ता योद्धा दिवस मनाउँदै आएको  छ । हालसम्म १०४९ जना देशभरबाट बेपत्ता छन् । राज्यले बेपत्ताहरुको छानविन गर्न भन्दै धेरै पटक समिति बनाएपनि हालसम्म बेपत्ताहरुको अवस्थाबारे सार्वजनिक हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।