३ आश्विन २०८१, बिहीबार

आवाज सम्प्रेषण मासिक विप्लवद्वारा विमोचन

0

कपिलवस्तु । श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय प्रकाशन ‘आवाज सम्प्रेषण मासिक’ पत्रिका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा औपचारिक विमोचन गरिएको छ । कपिलवस्तुमा आजदेखि सुरु भएको मोर्चाको छैठौं बैठक उद्घाटनका क्रममा सो पत्रिका विमोचन गरिएको हो ।

मोर्चाका अध्यक्ष तथा बैठकका सभाअध्यक्ष रामलाल सी, मोर्चा महासचिव त्रिलोचन सी, लगायत नेकपाका नेताहरू विमोचनमा सहभागी भएका छन् ।

मोर्चा प्रकाशन विभागका प्रमुख निशान सी सम्पादक रहेको पत्रिकाको छैठौं वर्ष, बैशाख अंक १ विमोचन गरिएको हो । ‘आवाज सम्प्रेषण’ पत्रिकाको अनलाइन संस्करण ‘आवाज पोष्ट डट कम’ समेत सञ्चालनमा छ । उत्पीडित एवम् श्रमजीवीको पक्षमा निरन्तर सञ्चालन हुँदै आएको सो पत्रिकालाई वर्गीकरण गर्ने प्रक्रियामा समेत अगाडि बढाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।