३१ भाद्र २०८१, सोमबार

एकीकृत जनक्रान्तिको आधारकिल्ला बनाउने प्रतिबद्धतासहित नेकपा गोरखाको बैठक सम्पन्न

0

काठमाडौं – एकीकृत जनक्रान्तिको आधार किल्ला बनाउने प्रतिवद्धतासहित नेपाल कम्युनिस्ट पार्टी गोरखाको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । बिहीबार गोरखा सदरमुकाम गोरखा बजारमा जिल्ला सेक्रेटरी काजी सीको अध्यक्षतामा बसेको बैठकले गोरखका ११ ओटै स्थानीय तहको नेतृत्व चयनसहित बिभिन्न दीर्घकालीन महत्वका निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

नेकपा जिल्ला इन्चार्ज कपिल सीका अनुसार गोरखा नगरपालिकाको इन्चार्ज योगेन्द्र सी, पालुङटार नगरपालिका इन्चार्ज दिल बहादुर सी, गण्डकी गा.पा इन्चार्ज विष्णु सी, सहिद लखन गा.पा इन्चार्ज विशाल सी, बारपाक सुलीकोट इन्चार्ज रनबहादुर सी, धार्चे गाउपालिका इन्चार्जमा जितबहादुर सी, अजिरकोट गाउँपालीका इन्चार्ज र सिरानचोक गाउँपालीका इन्चार्जमा प्रकाश सी लगायत जिल्ला भरिका ११ वटै स्थानीय तहले नेतृत्व पाएको छ । गोरखा सदरमुकाममा सम्पन्न बैठकमा नेकपाकी स्थायी समिती सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शीलु सीको प्रमुख आतिथ्यता रहेको थियो भने, अतिथिहरुमा जिल्ला इन्चार्ज कपिल सी, मनाङ सेक्रेटरी विजय सी, अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय सदस्य विनोद पाण्डे, जिल्ला सल्लाहकार डिलबहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो।

बैठकमा नेकपाकी स्थायी समिती सदस्य शिलु सी, गोरखा जिल्ला इन्चार्ज कपिल, सेक्रेटरी काजी, योगेन्द्र सी, विजय सी लगाएतले आफ्नो प्रक्षिक्षाणात्मक मन्तब्य राखेका थिए । प्रमुख अतिथि शिलु सी लगायतका वक्ताहरुले गोरखाले जनयुद्दकालमा महत्वपूर्ण आधारक्षेत्रको रुपमा खेलेको भुमिकाको चर्चा गरेका थिए । जनयुद्दमा जस्तै एकीकृत जनक्रान्तिमा पनि नेकपाबाट गोर्खाले विशेष भुमिकाको अपेक्षा गरेको भन्दै समाजवाद निर्माणको लागि गोरखा अग्रस्थानमा देखिनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा उपस्थित सम्पुर्ण पार्टी नेतृत्वहरुले गोरखालाई एकीकृत जनक्रान्तिको आधारकिल्ला बनाउने प्रतिवद्धता जनाएका थिए। बैठकले नेकपा प्रतिनिधि समिती सदस्री माया सीको नेतृत्वमा उत्पादन विभाग समेत गठन गरेको सेक्रेटरी काजी सीले बताए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।