२३ भाद्र २०८१, आईतवार

सहिद वीरजङ्गका जेष्ठ पुत्र वियसको निधनप्रति महासचिव विप्लवद्वारा दुःख व्यक्त

0

काठमाडौं – महान् सहिद विरजंङ्गका जेष्ठ पुत्र एवम् नेकपाका युवा नेता वियस चन्दको निधनप्रति नेकपा महासचिव विप्लव सीले दुःख व्यक्त गरेका छन् । शनिबार शोक वक्तव्य जारी गर्दै विप्लव सीले दुःख व्यक्त गरेका हुन् ।

‘महान् सहिद कमरेड विरजंङ्गका जेष्ठ पुत्र एवम् हाम्रो पार्टीका युवा नेता कमरेड वियस चन्दको यही जेठ १२ गते राति साढे २ बजे भएको निधनले हामीलाई दुःखि र मर्माहत गराएको छ ।’, शोक वक्तव्यमा भनिएको छ, ‘टिचिङ् अस्पताल काठमाडौंमा उपचारको क्रममा रहेका वियसको निधनले सिङ्गो पार्टी र आन्दोलनलाई क्षति पुर्याएको छ ।’

‘२०३७ साल भाद्र २३ गते रोल्पाको तत्कालीन ईरिवाङ ६, केउरीमा जन्मिएका वियसको ४४ बर्षको उमेरमा भएको निधनप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ । दुःखको घडीमा मृतक वियसप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवार तथा आफन्तजन प्रति समवेदना प्रकट गर्दछ ।’, विप्लवद्वारा वक्तव्यमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।