११ श्रावण २०८१, शनिबार

दलाल पुँजीवाद रहँदासम्म मजदुरहरुको मुक्ति हुँदैनः विषम सी

0

चितवन – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी ईन्चार्ज विषम सीले दलाल पुँजीवाद रहँदासम्म मजदुरकाे मुक्ति नहुने बताएका छन् ।
मङ्गलबार चितवनको नारायणगढमा उद्घाटन भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रमुख अतिथि नेता विषमले नेपालको सम्पुर्ण पुँजी दलालहरुको कब्जामा रहेकाले दलालहरुको कब्जाबाट नेपालको अर्थतन्त्र जनताको मजदुरहरुको हातमा फर्काउन दलाल पुँजीवादको अन्त्य गर्नुपर्ने बताए ।
उनले भने, “नेपालको सम्पूर्ण अर्थतन्त्र दलालहरुको कब्जामा छ जसले यो देशका सम्पुर्ण मजदुररुलाई शोषण गरेको छ । आफ्नो दास ठानेको मजदुरहरुलाई तल्लो दर्जाका नागरिक ठानेको छ । त्यसैले यो दलाल पुँजीवादी व्यवस्था रहेसम्म श्रमिक मजदुरहरुको मुक्ति हुँदैन ।” यहाँ सम्पूर्ण श्रमिक मजदुर उत्पीडितहरुको उन्नत व्यवस्था भनेर लोकतन्त्र, गणतन्त्रकाे नाममा फुलबुट्टा भरेर जनलाई भुलाइएता पनि याे सुधारिएको संसदीय व्यवस्था भनेर भ्रम छरिएकाे छ ।
तर यो कुनै तिनीहरुले भनेजस्तो लोकतन्त्र होइन याे पुरानै संसदीय व्यवस्थाको नितन्तरता हो दलाल पुजिवादको प्रतिनिधि व्यवस्था हो ।”
नेता विषमले दलाल पुजिवादका मतियारहरुले निजीकरणका नाममा नेपालका उद्दोग कलकारखाना दलालहरुलाई जिम्मा लगाएर लाखौं युवा नेपाली श्रमिकहरुलाई विदेशीन बाध्य पारेर देश धरासायी पारिरहेका बताए । जबसम्म नेपालमा उद्योग खुल्दैन, जबसम्म नेपालमा उत्पादन हुँदैन तबदम्म नेपालले श्रमिक मजदुरहरुले यस्तो दुर्दशा भोगिरहनुपर्ने ठोकुवा गरे ञ।
उनले भने यही दुर्दशाबाट देशलाई मुक्त गर्न नेपालमै अवसरको सिर्जना गर्न हाम्रो पार्टीले यसकाे विकल्प दिएकाे छ, कृषिबाट उत्पादित बस्तु उत्पादन गर्ने उद्धाेग खाेल्नुपर्छ। नेपाली जनताकाे समस्या हल गर्ने, तत्कालिन समस्याकाे हल गर्न र भविश्यमा हुने समस्याबाटकाे समाधानका लागि नेपाली विशेषताकाे समाजवाद ल्याउनु पर्छ ।”
जुन लक्ष प्राप्त गर्न किसान, मजदुर, मध्यमवर्ग र राष्ट्रिय पुजिपति वर्गलाई साथमा लिएर जानुपर्ने नेता बिसमले बताए।
उनले थपे,”नेपालमा विद्यमान गणतन्त्र नाम मात्रको गणतन्त्र हाे, याे दलालहरू काे व्यवस्था हाे, याे मजदुरकाे व्यवस्था हाेइन । त्यहि भएर यसकाे अन्त्य गर्नुपर्छ ।त्यसका लागि नेपाली विशेसताको समाजवाद अपरिहार्य छ।”
अन्त्यमा उनले अर्थ केन्द्रीत सत्ता भनेकाे दलाल पुँजीवाद हो त्यसको अन्त्य गर्न एकपटक फेरि उठ्न आह्वान समेत गरे।
सम्मेलनको उद्घाटन सत्रको अन्त्यमा प्रमुख अतिथि विषम सी, अतिथि शिलु सी अनिल सी, पिबिएम सन्देश सी लगाएत अतिथिहरुले विभिन्न पार्टी परित्याग गरि नेकपामा ध्रुवीकरण भएका ६० जनाभन्दा बढी नेताकार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।