२ कार्तिक २०८१, शुक्रबार

मजदुर संगठनकाे नाम फेरियो

0

चितवन – नेपाल कम्युनिस्ट पार्टीकाे मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको नाम फेरिएकाे छ । महासंघकाे चितवनमा जारी ८औं राष्ट्रिय सम्मेलनले नाम फेरेकाे हाे ।

विप्लव नेतृत्वको नेकपा निकट मजदुर संगठनकाे नाम समाजवादी ट्रेड युनियन महासंघ, नेपाल हुने भएकाे छ । बुधबार महासंघका अध्यक्ष श्याम सीले बन्दसत्रमा नाम फेर्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावलाई हलले सर्वसम्मत रूपमा पारित गरेकाे थियाे । नेकपाले सबै जनवर्गीय संगठन र माेर्चाका नामहरूमा समाजवाद थप्ने निर्णय अनुसार नाम फेरिएकाे हाे । यसअघि विद्यार्थीकाे नाम पनि फेरिएर अखिल समाजवादी बनाइएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।