१२ श्रावण २०८१, शनिबार

एनएमबि लघुवित्तबाट महिला ठगीदै,भौचरमा १५ हजार,रेकर्डमा ७ हजार

0

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका स्थित बनकटुवा चोकमा रहेको एनएमबि लघुवित्त वित्तिय संस्थाबाट दर्जनौ महिलाहरु ठगिएको प्रमाणहरु फेला परेका छन । लघुवित्तले महिलाहरुलाई सुरुमा ऋण लगानी गर्ने र असुली गर्दा किस्ता पुरै उठाएर लिने गरेपनि कार्यालयको रेकर्डमा कम चढाएर वाँकी रकम बिचैमा झ्याप पार्ने गरेको तथ्य प्रमाणहरु फेला परेका हुन ।

संस्थाका कर्मचारी रिता थारुले समूहबाट पुरैै किस्ताको रकम असुली गरेर लिने गरेको भएपनि रेकर्डमा नचढाएको पीडितहरुले बताएका छन । बर्दियाको वाँसगढी नगरपालिका वडा नम्वर ५ र ६ मा गठन भएको दिदि बहिनी एनएमबि महिला बचत समूहका अधिकांस महिलाहरुको यस्तै समस्या देखिएको छ ।

पीडित गिता चौधरी

बचत समूहकी सदस्य गिता चौधरीले २०७८ असारमा १ लाख ५० हजार ऋण निकालेकी थिईन । उनले नियमित ८ हजार ५ सयका दरले किस्ता तिर्दै आएपनि उनको सबै रकम कार्यालयको रेकर्डमा चढ्ेको छैन ।

उनले २०७९ साल असोज ९ गते ऋण घटाउन एकमुष्ट १५ हजार किस्ता तिरिन् । तर कार्यालयको रेकर्डमा ७ हजार मात्र घटाईएको छ भने अरु ८ हजार रुपैया हराएको छ ।

पीडित गिताले कार्यालयकै रेकर्ड अनुसार १ लाख ३१ हजार ६ सय २६ रुपैया ऋण तिरि सकेकी छन । एनएमबि लघुवित्तले अझै गिताको नाममा ४३ हजार १ सय १४ साँवा र ७०५१ प्याज गरी ५० हजार १ सय ६५ रुपैया असुली हुन वाँकी रहेको भन्दै ताकेता गरिरहेको छ ।
पीडित गिताले एनएमविको सबै पैसा तिरि सक्दा पनि तिरेको पैसा रेकर्डमा नचढाएर आफूलाई सडकमा ल्याएको गुनासो गरिन ।

पीडित सारदा कुमारी चौधरी

गिता जस्तै समस्या सारदा कुमारी चौधरीलाई पनि परेको छ । वाँसगढी नगरपालिका वडा नम्वर ६ घर भएकी सारदा कुमारीले २०७७ साल कार्तिकमा ३ लाख ऋण लिएकी थिइन । उनले कार्यालयकै रेकर्ड अनुसार २ लाख ८५ हजार ४८ रुपैया तिरिसकेकी छन । उनले दिएको किस्ता पनि रसिदमा बढी र कार्यालयको रेकर्डमा कम भेटिएको छ । सारदाले २०७८ भाद्र ७ गते १५ हजार एकमुष्ट किस्ता घटाउन तिरेको रकम मध्य १३ हजार मात्र कार्यालयको रकर्डमा भेटिएको छ ।

उनको यो मितिमा जम्मा गरेको भौचरमा २ हजार रुपैया बिचमै हराएको छ । सारदाले भनिन् ‘विश्वासका भरले सबै भौचर राख्न सकिएन,ऋण सकियो होला भनेको कहिलै सकिदैन, यो के भयो भनि खोजी तलासी गर्दा तिर्ने भन्दा बढी रकम गइसक्यो भन्ने लाग्छ, हामीलाई एनएमविले ठग्यो ।’
कार्यालयको रेकर्ड अनुसार उनले साँवा ८९ हजार १ सय ५२ र व्याज ११ हजार ७ सय ५७ गरी १ लाख ९ सय ९ रुपैया तिर्नु पर्ने छ ।
उनले लघुवित्तका कारण आफूहरु अन्यायमा परेको र सड्कको वास भएको दुखेसो पोखिन । उनले रिनो गर्नु पर्ने छ भनेर लिएको पाँच हजार पैसा नभेटिएको बताईन ।
पीडित सारदाले किस्ता नियमित तिरेपनि कार्यालयको रेकर्डमा ८ हजार देखि १ हजार सम्म घटाएर अरु रकम बिचमै कर्मचारीले गायब पारेको बताईन ।
उनले कर्मचारी रिता थारु र शाखा प्रमुख शम्सेर नेपालीको कार्यकालमा यस्तो समस्या आएको भन्दै विवाद आएपछि संस्थाले विवाद समाधान नगरी कर्मचारी सरुवा गरेको बताईन ।

पीडित लक्ष्मी चौधरी

वाँसगढी नगरपालिका वडा नम्वर ४ की समूहका सदस्य लक्ष्मी चौधरीको पनि समस्या यस्तै देखिएको छ । उनले २०७७ पुसमा ३ लाख रुपैया ऋण निकालेकी थिईन । कार्यालयकै रेकर्ड अनुसार २ लाख ४७ हजार ८ सय ६५ तिरेकी छन । लक्ष्मीले अझै १ लाख ५२ हजार रुपैया तिर्न बाँकी रहेको भनेर एनएमवि लघुवित्तको रेकर्डमा छ ।

तर लक्ष्मीले नियमित किस्ता तिरेको बताएकी छन । उनको हरेक किस्ता तिरेको रकम घटाएर जम्मा गरिएको थाहा पाएको बताईन । लक्ष्मीले २०७८ साल कार्तिक ४ गते १२ हजार ४ सय जम्मा गरेकोमा ११ हजार ५ सय मात्र जम्मा भएको भेटिएको छ । यसबाट ९ सय रुपया हराएको छ ।


यस्तै २०७८ मंसिर ५ गते १२ हजार २ सय ५ रुपैया जम्मा गरेकोमा ११ हजार ५ सय मात्र कार्यालयको रेकर्डमा राखिएको छ । त्यसबाट ७ सय ५ रुपैया हराएको छ ।

यस्तै लक्ष्मीले २०७९ वैसाख ८ गते ११ हजार रुपैया रसिद काटी जम्मा गर्न दिएकोमा कार्यालयको रकम उठाउन जाने कर्मचारी रिता थारुले १० हजार ५ सय मात्र जम्मा गरेकी छन । वाँकी ५ सय रुपैया हराएको छ । अहिले इमान्दार महिलाहरुले आफूले जम्मा गरेको भौचर सबै नराख्दा धेरै कठिन भएको छ ।

पीडित सुनिता चौधरी

सुनिता चाधैरी पनि निकै पीडित छन । वाँसगढी नगरपालिका वडा नम्वर ६ घर भएक चौधरी बुढासंगै चितवन बस्ने गर्थिन । उनले २०७७ मंसिरमा २ लाख ५० हजार ऋण निकालेकि थिईन ।

उनले कार्यालयकै रेकर्ड अनुसार २ लाख २० हजार ७ सय ८५ तिरेकी छन । सुनिताको तिर्न वाकी भनेर कार्यालयले ९४ हजार ७ सय १५ साँवा र १५ हजार २ सय १३ व्याज गरी १ लाख ९ हजार ९ सय २८ तिर्नु पर्ने देखाएको छ ।

सुनिताले आफू चितवन वस्ने भएकाले लघुवित्तका कर्मचारी रिता थारुको नाममा प्रत्यक महिना ९ हजारका दरले २०८० साल बैसाख सम्म पैसा तिरेको बताईन । उनले आफूले तिरे अनुसार पैसा कार्यालयको रेकर्डमा नदेखिएको गुनासो गरिन ।

लघुवित्तबाट पीडित महिलाहरुले जेठ ९ गते एनएमविको बनकटुवा शाखा काार्यालयलाई सामूहिक निवेदन लेख्दै ऋण खाएदेखिको तोकिए अनुसारको किस्ता तिरेकाले सोही अनुसार ऋण घटाईनु पर्ने माग गरेका छन ।

पीडित महिलाले कर्मचारी रिता थारुलाई बोलाएर तिर्न लगाईनुपर्ने वा संस्थाले किस्ता पुरा घटाउनु पर्ने र विवाद भएदेखिको प्याज समेत लिन नहुने माग गरेका छन । पीडित महिलाहरुको निवेदनमाथि संस्था गम्भीर रहेको एनएमवि लघुवित्तका कर्मचारीहरुले बताएका छन ।

हिसाव मिलाउन छलफलमा वसेका कार्यालयका कर्मचारीहरु

एनएमवि लघुवित्तका कर्मचारीहरुले पहिलाका कर्मचारीबाट केही त्रुटी भएको स्वीकार गर्दै आफूले जम्मा गरेको रकमको भौचर ल्याएर हिसाव मिलान गर्न कुनै समस्या नभएको बताएका छन । उनीहरुले भौचर विना हिसाव गर्न नसकिने पनि अडान दिएका छन । यसले गर्दा पीडित महिलाहरुसंग केही भौचर भएपनि सबै भौचर नभेटिदा समस्या भएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।