६ बैशाख २०८१, बिहीबार

नेकपा कालिकोटको जिल्ला अधिवेशन भाद्र १५ र १६ गते हुदै

0

कालिकोट:विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटको जिल्ला अधिवेशन आगामी भाद्र १५ र १६ गते हुने भएको छ ।
शनिवार देखि सुरु भई आईतवार सम्पन्न भएको पार्टी जिल्ला कमिटिको औपचारिक वैठकले यस्तो निणर्य गरेको हो ।

पार्टीको केन्द्रीय नौं महाधिवेशनको तिव्र तयारी स्वरुप नेकपाले जिल्लाको अधिवेशन गर्न लागेको जनाएको छ । जिल्ला अधिवेशनको शान्नित्रिवेणी गाउँपालिको प्राङ्गढमा भाद्र १५ गते उद्घाटन हुने र भाद्र १६ गते वन्दसत्र संचालन गरि नयाँ नीति र नेतृत्व चयन गरिने नेकपा कालिकोटले जनाएको छ ।

जिल्ला अधिवेशनलाई भव्य एवम सान्दार रुपमा सम्पन्न गर्न तयारीका लागि विभिन्न पाँच वटा विभागहरु वनाइको छ ।

ल्ला कमिटिका सदस्य शाहासीको नेतृत्वमा अर्थ बिभाग, निर्देशनको नेतृत्वमा प्रचार बिभाग, धरातलको नेतृत्वमा आपुर्ति बिभाग, किरणको नेतृत्वमा ब्यबस्थापन विभाग र रमेशको नेतृत्वमा सुरक्षा बिभाग गठन गरिएको छ ।
बैठकमा जिल्ला सेक्रेटरी रणदिपले सम्वोधन गर्दै तीन बुदे सहमति कार्यान्वयका लागि पक्राउ पुर्जी बिरुद्ध संघर्ष गर्नेुपर्ने वताउनु भयो । उहाँले केन्द्र तथा जिल्लाले घोषणा गरेका संघर्षका सवै कार्यक्रम र अधिवेशनका काममा उत्साहका साथ डटेर लाग्न पनि जिल्ला कमिटिका सदस्य तथा सहभागीहरुलाई निर्देशन दिनु भयो ।

वैठकमा जिल्ला सल्लाहकार समितिका सदस्यहरुको पनि सहभागिता रहेको थियो । वैठक जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा रास्कोटमा सम्पन्न भएको युवा संगठनका अध्यक्ष मिनेश ऐडीले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।