११ श्रावण २०८१, शनिबार

युवा संगठन नेपालले कोशीका मुख्यमन्त्रीलाई बुझायो हस्ताक्षरसहित ज्ञापनपत्र

0

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले सी जातिलाई कानुनी मान्यता दिन दबाब स्वरूप जनताको हस्ताक्षर संकलन गरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई बुझाएको छ ।

ज्ञापनपत्र र हजारौंको हस्ताक्षरसहित संगठनका केन्द्रीय महासचिव सुवास सी नेतृत्वको टिमले मुख्यमन्त्री कार्कीलाई कार्यालयमा पुगेर संकलित हस्ताक्षर र ज्ञापनपत्र बुझाएको हो । संगठनका महासचिव तथा कोशी  प्रदेश इन्चार्ज सुवासले ज्ञापनपत्र बुझाउँदै प्रदेशको समसामयिक विषय, जनताको समस्या लगायत युवा लक्षित विभिन्न विषयमा माननीय मुख्यमन्त्रीलाई मौखिक माग राखेका थिए । 

संगठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आफू उक्त विषयमा सकारात्मक रहेको बताए । साथै उनले विभिन्न बुदाहरुमा छ्लफल गरि सहयोग आदानप्रदान  गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।