१२ श्रावण २०८१, शनिबार

चितवनको माडीमा महासचिव विप्लव र उपप्रधानमन्त्री श्रेष्ठबिच भेटवार्ता

0

काठमाडौं: नेकपाका महासचिव विप्लव सी र नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबिच चितवनको माडीमा भेटवार्ता भएको छ । माओवादी केन्द्रका वरिस्ठ उपाध्यक्ष समेत रहेको श्रेष्ठलाई महासचिव विप्लवले पार्टीको केन्द्रीय उत्पादन केन्द्रमा स्वागत समेत गरेका थिए । भेटमा नेताहरूबिच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको महासचिव विप्लव सचिवालयले जनाएको छ ।

भुवानी प्रसाद पौडेलको सातौं स्मृति दिवसमा चितवनको बसन्तपुरमा आयोजित जिल्ला स्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाईनल खेलको अबलोकन समेत नेताहरूले संयुक्त रुपमा गरेका छन् ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै महासचिव विप्लवले खेलकुद मार्फत देशलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउनुपर्नेमा जोड दिएका छन् ।
विश्व जगतमा खेलक्षेत्रमार्फत उल्लेखनीय उपस्थिति जनाउन सकिने भन्दै यसलाई अझै व्यवस्थित र फराकिलो बनाउदै लैजाने सरोकारवाला पक्षले ध्यान दिनुपर्नेमा जोड दिएका थिए  ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।