१२ श्रावण २०८१, शनिबार

नेकपा दाङ क्षेत्र नं. १ कोे राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

0

गढवा: नेपाल कम्युनिस्ट दाङ जिल्ला क्षेत्र नं. १ कोे राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

उघोग वाणिज्य संघ, गढवाकोे सभाहलमा सम्पन्न राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविन सी रहेका थिए।

एक सय पचास जना पार्टी सदस्यको उपस्थितिमा सम्पन्न राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमका अतिथिहरुमा नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला क्षेत्र नं १ का इन्चार्ज विक्रम सी, नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला क्षेत्र नं ३ का इन्चार्ज प्रदिप सी, नेकपा पूर्वी दाङ जिल्ला सल्लाहकार मान बहादुर सी, हरि सी, केशर सी, महान सहिद परिवारको तर्फबाट विष्णु सी लगाएतकाे रहेका थिए।

गढवा गाउँपालिका इन्चार्ज गणेश सीकोे स्वागत मन्तव्यबाट सुरु भएकाे राजनीतिक तथा प्रशिक्षण कार्यक्रमका अध्यक्षता नेकपा दाङ जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा जिल्ला पार्टीले गरेका योजना र आगामी गर्ने कामको योजनाबारे जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।