११ श्रावण २०८१, शनिबार

महासचिव विप्लव जनकपुर जाँदै, जनता समाजवादीको महाधिवेशनमा सहभागी हुने

0

काठमाडौं/ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटनमा सहभागी हुन नेकपाका महासचिव विप्लव सी जनकपुर जाने भएका छन् । जेठ २८ अर्थात आज जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामनासहित भेटघाटका लागि महासचिव विप्लव जनकपुर जाने तयारीमा रहेकोे उनको सचिवालयले जनाएको छ ।
समाजवादी पार्टीका प्रवक्ता मनिस सुमनका अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा महासचिव विप्लवले महाधिवेशनमा आउने निर्णय गरिसकेको बताए ।

प्रवक्ता सुमनका अनुसार एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमतका अध्यक्ष सिके राउतलाई निमन्त्रणा पठाइसकेको बताइएको छ । तर उनीहरूले कार्यक्रममा आउने वा नआउने निर्णय नगरेको बताए ।

जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन जेठ ३० गते हुने कार्यक्रम तय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।