११ श्रावण २०८१, शनिबार

रोजगारको ग्याारेन्टी गर्न माग गर्दै युवा सङ्गठन नेपालको प्रदर्शन

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले बेरोजगार युवाहरुलाई रोजगारको ग्यारेन्टी गर्न माग गर्दै प्रदर्शन गरेको छ । आज दिउसो माइतघर मण्डलामा जम्मा भएर युवा सङ्गठन नेपालले बन्द भएका राष्ट्रिय उद्योग पूर्णरूपमा सञ्चालन गरी बेरोजगार युवालाई रोजगारको ग्यारेन्टी गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

उक्त प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै युवा सङ्गठनका अध्यक्ष दिनेश सीले नेपालमा भएका सम्पूर्ण बेरोजगार युवाहरुलाई रोजगारको ग्यारेन्टी गर्न र बन्द भएका सम्पुर्ण उद्योगहरुलाई तत्काल सञ्चालन गर्न सरकारसँग जोडदार माग गरे । बेरोजगार युवाहरुलाई विदेशीन नेपालको संसदीय व्यवस्थाले बाध्य बनाएको बताउँदै यसलाई रोक्नका लागि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

यो संसदीय व्यवस्थाले कुनै पनि नेपालीको हकमा काम नगरेको भन्दै उनले अबको विकल्पमा नेपाली विशेषताको समाजवादले नेपाली जन्ताको निकास दिने बताए । नेपाली जनताको निकास दिनको लागि नेपाली जन्ता नेपाल कम्युनिस्ट पार्टीमा गोलबन्द भएर लाग्न सम्पूर्ण नेपाली जनतालाई अपिल गरे । आफ्नो देशमा उत्पादन नगरी युवाहरूलाई रोजगारको ग्यारेन्टी गर्न नसकिने भन्दै उनले आफ्नो पार्टी र सङ्गठन पूर्णरुपमा उत्पादनमा जोडिएको बताए । प्रदर्शनमा सम्बोधन गर्दै अध्यक्ष दिनेश सीले माइतीघर मण्डलामा अन्सनमा बसेका पीडितहरुका मागलाई तत्काल पुरा गर्न सरकारलाई आग्रह गरेका थिए ।

माइतीघर मण्डलमा अन्सनमा बसेका विभिन्न बलात्कार पीडित निर्मला कुर्मीकी आमा, सहकारी पीडितहरुसँग छलफल गर्दै अध्यक्ष दिनेशले आफ्नो सम्पूर्ण पार्टी सङ्गठन सम्पूर्ण खालका पीडितको मुक्तिको लडाइँ लडिरहेको र परिआए पीडितको मुक्तिको लागि जस्तोसुकै संघर्ष गर्ने बताए । उक्त सङगठले प्लेकार्डसहित प्रदर्शन गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।