२२ भाद्र २०८१, शनिबार

गोली हानी हत्या गरिएका क्याम्पस प्रमुखप्रति अखिल (समाजवादी) द्वारा श्रद्धाञ्जली व्यक्त

0

कलैया – अखिल (समाजवादी) ले अज्ञात समूहबाट गोली हानी हत्या गरिएका बाराको राम राजा बहुमुखी क्याम्पस, कलैयाका क्याम्पस प्रमुख हरि भुषण कुशवाहाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । मंगलबार अखिल (समाजवादी) नारायणी–मद्येस प्रदेशले बाराको आदर्श कोतवाल गाउँपालिका २ खजुरियास्थित कुशवाहको निवासमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेको हो ।

वक्तव्यमा भनिएको छ,‘हरि भुषण कुशवाहा ज्युको मिति २०८१ जेठ ३२ गते सोही गाउँपालिका वडा नं. ३ भटिनिया र बताराबिच पर्ने बौधिमाई मन्दिर नजिकमा अन्दाजी बेलुका १७ः४५ बजेको समयमा अज्ञात समूहद्वारा गोली हानी हत्या गरिएको घटनाले हाम्रो सङ्गठन मर्माहत भएको छ ।’, परिवारलाई बुझाएको समवेदना पत्रमा भनिएको छ, ‘मृतक हरिभुषण कुशवाहा बाराको शैक्षिक क्षेत्रको धरोहरको रुपमा स्थापित हुनुहुन्थ्यो ।’

शैक्षिक क्षेत्रमा सक्रिय योगदान दिई आफू, आफ्नो परिवार र समाजलाई एक आदर्श व्यक्तिको रुपमा योगदान गरेको भन्दै अखिल समाजवादीले स्मरण गरेको छ । संगठनका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज अटल सीको नेतृत्वमा गएको विद्यार्थीको टोलीले समाजमा उनले पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

परिवारलाई समवेदना दिन अटलसहित अखिल (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य लोकेश सी, नेकपा पर्सा जिल्ला सेक्रेटरी फिरोज सी, बारा सेक्रेटरी दिन महमद सी लगायतका नेताहरु गएका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।