२ कार्तिक २०८१, शुक्रबार

नेकपाद्वारा चितवनको माडीमा १६ बिघामा धान रोपाइँ सम्पन्न

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीले चितवनको माडीमा १६ बिघा जमिनमा धान रोपाइँ सम्पन्न गरेको छ । नेकपा उत्पादन विभाग अन्तर्गत माडी शाखाले आजबाट रोपाइको काम सम्पन्न गरेको नेकपा नेता सन्देश सीले जानकारी दिएका छन् ।

आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता र जनता तथा श्रम, संघर्ष र रुपान्तरणको प्रमुख लक्ष्यसहित देशव्यापी उत्पादन गरिरहेको नेकपाले चितवनको माडीमा ५ थरीका धान रोपेको जानकारी दिइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य सन्देश सीले माडी शाखाको नेतृत्व गरिरहेका छन् । उनले यसअघि उक्त शाखामा तोरी खेती, तरकारी खेती, माछा पालन, बाख्रा पालन, मह उत्पादन, मकै खेती लगायतका उत्पादन गर्दै आएका छन् ।

नेकपा नेता सन्देशले माडी शाखाद्वारा सञ्चालित उत्पादन कार्यमा सहयोग गर्ने पार्टीका विभिन्न समितिहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् । नेता सन्देश सीले भनेका छन्- “राेपाईमा सहयोग गर्ने पार्टी केन्द्रिय कार्यालय, चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङका पार्टी समितिहरू महिला संगठन, सांस्कृतिक महासंघ, युवा, विद्यार्थी, मजदुर, शिक्षाक, समाजवादी मञ्चका कमरेडहरू साथै माडीका श्रमिक, कृषि विज्ञ, छिमेकी, बुद्दिजिवी, सघसंस्था सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।