२ कार्तिक २०८१, शुक्रबार

विक्रम, भिष्म आदि नाम गरेको व्यक्ति पार्टीको मद्येश प्रदेश समितिमा छैनन् : नेकपा

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी मद्येश प्रदेशले विक्रम, भिष्म नाम गरेको व्यक्ति पार्टीको कुनै पनि कमिटीमा नरहेको बताएको छ । बिहीबार पार्टीको मद्येश प्रदेशले विज्ञप्ति जारी गर्दै यो नाम गरेको व्यक्ति पार्टीको कुनै पनि कमिटीमा नरहेको बताएको हो ।

प्रदेश इन्चार्ज अनिल सीद्वारा जारी विज्ञप्तिमा यो नाम गरेको व्यक्तिले व्यवसायीलाई धम्क्याउने, चन्दा असुली गर्ने, कार्यकर्ता भड्काउने गर्दै आएको उल्लेख छ । ‘केहि समय यतादेखि विप्लव सीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, मधेश प्रदेशका बारा र पर्शा जिल्लामा विक्रम, भिष्म आदि नाममा आफू जिल्ला इञ्चार्ज भएको भन्दै व्यवसायीलाई धम्क्याउने, चन्दा असुली गर्ने, कार्यकर्ता भड्काउने गर्दै आएकोले उक्त नाम गरेको कुनैपनि व्यक्ति बारा, पर्सा, रौतहटसहित मधेश प्रदेश पार्टीमा नभएको स्पष्ट पारिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।  

त्यस्तो भेटेको खण्डमा पार्टीलाई जानकारी गराउन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । ‘त्यसप्रकारका व्यक्तिहरूको सूचना प्राप्त भएको खण्डमा पार्टीमा उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।’, विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।