२२ भाद्र २०८१, शनिबार

माओवादी र कम्युनिस्ट घटक सबैलाई एक गरेर समाजवादी क्रान्ति पूरा गर्ने लक्ष्य नेकपाको छ : सुशिल सी

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज सुशिल सीले माओवादी र सम्पूर्ण कम्युनिस्ट घटकहरुलाई एकै ठाउँमा ल्याएर समाजवादी क्रान्ति पूरा गर्ने नेकपाको लक्ष्य रहेको बताएका छन् । बिहिबार काठमाडौँको भद्रकालीस्थित राससको सभाहलमा सम्पन्न कालीकोट-काठमाडौँ समाजवादी सम्पर्क मंचको प्रथम भेलालाई अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

नेता सुशिलले पार्टी देश र जनताहरुलाई आत्मानिर्भर बनाउँदै सम्पूर्ण माओवादी लगायतका कम्युनिस्ट घटकहरुलाई एक गरेर समाजवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य नेकपाको रहेको बताए । उनले भने, “जनयुद्ध अगाडिदेखि नै कालिकोटले क्रान्तिका लागि ठूलो भूमिका खेलेको छ । समाजवादी क्रान्ति सम्पन्न गर्न र सम्पूर्ण माओवादी घटकहरु एक भएको सन्देश दिन कालिकोटको भूमिका अझ बढी चाहिएको छ। त्यसैलाई परिपूर्ति गर्न यो समाजवादी सम्पर्क मंचको अवधारणा अगाडि ल्याइएको छ।” उनले यो समाजवादी मंच आम युवाहरुको राजनीतिक भूमिका र समाजवादका लागि अबिचलित यात्रा तय गर्ने सशक्त खुल्ला मोर्चा भएको बताए ।

नेकपाकी केन्द्रीय सदस्य भृकुटी सीको अध्यक्षतमा सम्पन्न भेलालाई प्रमुख अतिथि स्थायी समिति सदस्य अनिल सीसहित स्थायी समिति सदस्य भरत सी, सुशील सी, लगायतका नेताहरुले सम्बोधन गरेका थिए । भेलाको संचालन केन्दीय सदस्य सागर सीले गरेका थिए भने काठमाडौं कालिकोट समाजवादी सम्पर्क मञ्चको कार्यसमितिको प्यानल प्रस्ताव नेकपाका पोलिट ब्युरो सदस्य नवीन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।