२२ भाद्र २०८१, शनिबार

नेपालमा समाजवाद बाहेक संकट समाधानको अर्को विकल्प छैन : प्रकाण्ड सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको पछिल्लोे व्यवस्थाभित्रको संकट समाधान नेपाली विशेषताको समाजवाद बाहेक अर्को विकल्प नभएको ठोकुवा गरेका छन् ।
नेकपा कालिकोटले जिल्लाको सदरमुकाम मान्ममा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले व्यवस्थाभित्रको संकट समाधान नेपाली विशेषताको समाजवाद बाहेक अर्को विकल्प नभएको ठोकुवा गरेका हुन् ।
उनले साजवादका लागि पहिलो कुरा माओवादी शक्तिहरु एक हुनुपर्ने बताए । उनले त्यसपछि कम्युनिष्ट शक्ति, देशभक्त, प्रगतिशील र लोकतन्त्रवादी शक्तिहरु एक हुनु पर्ने बताए ।
प्रवक्ता प्रकाण्डले नेपालमा नेताहरुले बुद्धि पुर्याए शान्तिपूर्ण समाजवाद आउने सम्भावना रहेको पनि दाबी गरे । उनले दलाल संसदीय व्यवस्थाभित्रको सिस्टमलाई बदलेर नेपाली विशेषताको समाजवादमा पुग्ने र त्यसको नेतृत्व नयाँ इमान्दार कम्युनिष्ट नेताले गर्नु पर्ने धारणा राखे ।
प्रवक्ता प्रकाण्डले भने ‘नेपालमा पछिल्लो राजनीतिक संकटको अ्रग्रगामी निकास नेपाली विशेषताको समाजवाद हो । समाजवादमा कोही कम्युनिष्ट शक्तिहरुको विमति छैन । कांग्रेसले समेत प्रजातान्त्रिक समाजवाद भनेकाले कांगे्रस पनि समाजवादमा जानुपर्छ । जसले गर्दा नेपालमा नेताहरुको बुद्धि पुग्यो भने शान्तिपूर्ण समाजवाद आउने सम्भावना छ । समाजवाद ल्याउन समाजवादी मोर्चा समेत बनेको छ । यसमा सबै शक्तिहरुको सहभागीता हुने आसा छ । बरु अबको नयाँ व्यवस्थाको नेतृत्व चाही नयाँले नै गर्नुपर्छ । एकपटक नेकपाको गर्ने चाहना छ ।’
उनले २०११ सालमै विपिले ल्याएको प्रजातान्त्रिक समाजवादलाई कांग्रेसले समात्न नसकेको आरोप लगाए ।
‘इमान्दार कम्युनिष्टहरु समाजवादका लागि एक हुनुपर्छ’ उनले भने, ‘जो दलाल पुँजीवाद र साम्राज्यवाद विरोधी शक्तिहरु एक हुनुको विकल्प छैन, प्रजातान्त्रिक आन्दोलनको शक्ति भित्रका प्रगतिशील लोकतन्त्रवादीसंग सहकार्य गर्नुपर्छ । जनताको अधिकार र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न समाजवादी व्यवस्था चाहिन्छ । देशको समस्याको समाधानको सिद्धान्त समाजवाद मात्र हो ।’
समाजवादी मोर्चा नेपालका केन्द्रीय सचिव समेत रहेका प्रवक्ता प्रकाण्डले नेपालमा नयाँ पोल्टिकल फोर्स आवश्यक भएको जिकिर गरे । उनले नयाँ पोल्टिकल कोर्स भित्र दलाल पुँजीवाद र साम्राज्यवादी विरोधी तथा समाजवाद ल्याउने शक्तिहरु हुने बताए ।
उनले भने ‘यसमा माओवादी, कम्यनिष्ट क्रान्तिकारीहरु, देशभक्त, लोकतन्त्रवादीहरु शक्तिहरु हुनेछन्, यो नयाँ पोल्टिकल कोर्सले व्यवस्था र राष्ट्रिय स्वाधीनतामाथिको समस्या समाधान गर्ने छ । नयाँ पोल्टिकल कोर्सका लागि माओवादी केन्द्र,एकीकृत समाजवादी, वैद्य नेतृत्वको माओवादी,मोहनविक्रम नेतृत्वको मसाल, कांग्रेस भित्रको लोकतन्त्रवादी शक्ति लगायतकासंग छलफल भईरहेको छ ।’
प्रवक्ता प्रकाण्डले एकपटक सरकारी अवसर लिएको व्यक्ति पटक –पटक अवसरका लागि जान नहुने पनि बताए । उनले अवको समाजवादी व्यवस्था भित्र त्यो लागु गर्नुपर्ने विचार व्यक्त गरे ।
नेकपा कालिकोट जिल्ला सचिव तथा केन्द्रीय सदस्य बलवान् सीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको संचालन नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सीले गरेका थिए ।
पत्रकार सम्मेलनमा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सी, नेकपाका केन्द्रीय सदस्य अर्जुन सी, जिल्ला स्थित विभिन्न मिडियामा कार्यरत पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।