२५ बैशाख २०८१, मंगलवार

आठविस ६ नं. वडा भेला सम्पन्न

0

दैलेख । नेपाल कम्युनिस्ट पार्टी दैलेखको आठविस नगर समिति वडा नं. ६ को वडा भेला आज सिहासैन डाव पिपलचौतारामा सम्पन भएको छ ।

नेकपा जिल्ला समिति सदस्य तथा आठविस नगर समिति ईन्चार्ज कमरेड प्रकाशको प्रमुख अथित्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता विष्णु विकले गर्नुभएको थियो ।

पार्टीको नवौँ माहाधिवेसनलाई भव्य रुपमा सफल वनाउनु पर्ने कुरा उल्लेख गर्दै प्रमुख अतिथि प्रकाशले माहाधिवेसन र जिल्ला सम्मेलनको तयारीका लागि गाँउ, नगर र वार्डका भेला गरिहेको कुरामा जोड गर्दै माहाधिवेसन सम्म पार्टी नयाँ ठाँउमा पुग्ने कुरा बताउनु भयो ।

गुटवाद, फुटवाद विरुद्ध सँघर्स गरेर सम्पुर्ण सच्चा क्रान्तिकारीहरु एकजुट हुनुपर्ने कुरामा जोड दिनु भयो । महाधिवेशनको प्रचार प्रसार तथा संगठन विस्तारकै क्रममा एमसीसी, एसपीपी र महँगी भ्रष्टाचार जस्ता राष्टघाती र जनघाटको विरुद्ध संघर्सका कार्यक्रमहरु पनि संगसगै लैजाने र पार्टी देश र जनताको पक्षमा कहिल्यै पछी नहत्ने प्रतिवद्धता पनि जाहेर गर्नुभयो ।

नेपाल सरकार र नेकपा वीच भएको ३ वुँदेको  राजनीतिक सहमति उलँघन हुने गरी ललितपुर जिल्ला अदालतको पक्राउ पुर्जी द्धण्द्ध प्रोत्साहान गर्ने  र शान्ति विरोधी भएको हुनाले राजनीतिक सहमति विपरित आदेश फिर्ता गर्नुपर्ने माग राख्दै सरकारले अटेर गरे जनातासँगै आफ्नो पार्टीले सामना गरेर जाने चेतावनी दिनु भयो । अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य उदयराम बिश्वकर्माको पनि आथित्यता रहेको थियो । भेलाले देवे टमट्टाको नेतृत्वमा ९ सदस्यीय वार्ड समिति निर्वाचित गरेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।