३१ भाद्र २०८१, सोमबार

एमाले, माओवादी र राप्रपाबाट १५ जना नेताकार्यकर्ता नेकपा प्रवेश

0

बुटवल/ पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीमा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको लहर चलेको छ । त्यसैक्रममा शनिबार एक कार्यक्रमकामा सियारी गाउँपालिका वडा नं. ६ का लामो समय कम्युनिस्ट आन्दोलनमा भूमिका निर्वाह गरेका शंकर प्रसाद थारुका छोरा त्रिभुवन थारु, नेकपा माओवादीका प्रमोद आचार्य लगायत एक दर्जन भन्दा बढी नेताकार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । जसमा नेकपा एमालेबाट कृष्ण माया थारु, रुद्र कुमारी थारु, प्रदेशी केवट, राजु हरिजन, छेदी प्रसाद थारु, बिष्णु प्रसाद थारु, उषा देवि चौधरी, माया थारु, श्री निवास थारु, जमुना कुमारी थारु, नरेश थारु, लक्ष्मी थारु र राप्रपाबाट अशोक कुमार हरिजन प्रवेश गरेका छ्न् ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज वसन्त सीले अहिलेको देशको संकटको समाधान एकीकृत जनक्रान्ति माध्यमबाट नेपाली विशेषताको समाजवादले मात्र सम्बोधन गर्ने भएकाले आम उत्पीडित तथा श्रमिक जनता,राष्ट्रिय पुजिपती, देशभक्त, वामपंथी, प्रगतिशील र सच्चा लोकतन्त्रवनदी एक ठाउँमा हुन अनिवार्य आवश्यक भएको बताएका थिए ।
उक्त कार्यक्रममा नेकपा जिल्ला सेक्रेटरी बिरेन्द्र सी, सियारीका/ सुद्धोधन इन्चार्ज मुकेश सी, सेक्रेटरी दिपक सीको उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।