६ जेष्ठ २०८१, आईतवार

नेकपाको भक्तपुर नगरभेला सम्पन्न

0

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी भक्तपुरको नगर भेला समपन्न भएको छ । नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी क. विजयको प्रमुख आथित्यता तथा क. ध्रुवको अध्यक्ष्तामा सो भेला सम्पन्न भएको थियो ।

भेलालाई सम्वोधन गर्दै जिल्ला सेक्रेटरी तथा भेलाका प्रमुख अतिथि क. विजयले दलाल संसदिय व्यवस्था रहे सम्म सर्वहारा वर्ग र नेपाली जनताले कहिल्यै सुख शान्ति नपाउने भएकोले स्थाई शान्ति, दिगो विकास र न्यायिक स्वतन्त्रताको लागी वैज्ञानिक समाजवादी व्यवस्थाको विकल्प नरहेकोले सम्पुर्ण नेपालीहरु नेकपामा संगठित हुन आग्रह गर्नुभयो ।

जव सम्म अन्याए अत्याचार सोशन दमन रहन्छ तव सम्म लोकतन्त्र गणन्त्रको कुनै औचित्य नभएकोले अहिलेको साशन व्यवस्था भनेको दलाल पुँजीवादी भएकोले पुँजीपतिहरुको साशनको अन्त गर्न सवैलाई उठ्न र जुत्न आग्रह गर्नुभयो ।

राष्ट्रिय स्वाधिनताकोलागी एमसीसी, एसपीपी, महँगी र भ्रष्ट्राचारको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी अदिकताको साथ संघर्ष गर्ने वताउनु भयो । नेपाल कम्युनिष्ट पार्टीको आसन्न नवौं महाधिवेशन उत्साह र उमँगकासाथ सम्पन्न गर्न प्रचार प्रसार तथा संगठन विस्तार अभियानलाई तिव्रताकासाथ अगाडी वढाउनु पर्ने धारणा राख्नुभयो । भेलाले क. ध्रुवको नेतृत्वमा ११ सदस्यीय भक्तपुर नगर कमिति निर्वाचित गरेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।