३ आश्विन २०८१, बिहीबार

वेतनकर्णाली जलविद्युत आयोजना निर्माणमा तीव्रता दिन नेकपाको माग

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीले अछामको ढकारी गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिकाको बीच भागमा रहेको कर्णाली नदीमा निर्माण हुन लागेको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको कामलाई तीव्रता दिन अनुरोध गरेको छ ।
मङ्गलबार नेकपा सुदुरपश्चिम प्रदेश इन्चार्ज एवम् स्थायी समिति सदस्य भरत सी (रणबीर)नेतृत्वको टोलिले आयोजनाका प्रमुख कृष्ण आचार्यसङ्ग छलफल गरि आयोजना निर्माणमा ढिलाइ नगर्न आग्रह गरेको हो ।

करिब ४ हजार ३९ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि बेतन कर्णाली हाइड्रोपावर कम्पनीले जिम्मा लिएको भएपनि कामको प्रगती विवरण संतोषजनक रूपमा अगाडि नबढेको स्थानीयको गुनासोका आधारमा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो ध्यानाकर्षण भएको भन्दै निर्माण कम्पनीलाई समयमै काम सक्न र स्थानीय नागरिकका सरोकारहरुको सम्बोधन गर्न माग समेत गरेको छ।

छलफलको क्रममा नेकपा नेता रणबीरले बेतन कर्णाली जलविद्युत आयोजना जनता, कर्मचारी कल्याण कोष लगायत स्वदेशी लगानीमा निर्माण गर्न खोजिएको जनपक्षीय आयोजना भएकोले आफुहरु तीव्रतापुर्व काम अगाडि बढाउन सहयोग गर्न तयार रहेको भन्दै नेपालको पानी, जनताको लगानी भन्ने नाराको अभिव्यक्तिको रूपमा बेतन कर्णाली आयोजना रहेको बताए।

नेपालमा जलविद्युत आयोजनामा संलग्न निर्माण कम्पनीहरुले निर्माण अनुमति लिने तर लगानी जुटाउन नसक्ने लगायत विभिन्न बहानामा झोलमा खोला हाल्ने समस्या रहेको आम गुनासोका बीच कतै बेतन कर्णाली आयोजना पनि त्यस्तै त हुने होईन भन्ने सर्वसाधारणको शङ्का छ।

कुराकानीको क्रममा नेता रणबीरले स्थानीय जनताको रोजगारी, उनिहरुको शेयरको सुनिश्चितता,मुआब्जाको उत्पादनशील कार्यमा परिचालनको व्यवस्था लगायतका बिषयमा सहि नीतिगत व्यवस्था गरिनुपर्ने समेत बताए ।

त्यस्तै आयोजनाका प्रमुख कृष्ण आचार्यले कम्पनीले प्राबिधिक र बित्तीय व्यवस्थापनको काम पुरा गरिसकेको,सरकारबाट निर्माण अनुमति दिने कुरा अगाडि बढ्ने बित्तिकै मुआब्जा बितरण र निर्माणको काम प्रारम्भ गरिने बताए ।

कुराकानीको क्रममा उनले बेतन कर्णाली आयोजनामा स्थानीय जनताबाट निकै राम्रो सहयोग प्राप्त भैरहेको भएपनि कतिपय कानुनी र प्रक्रियागत रूपमा झण्झटिलो व्यवस्थाका कारणले केही ढिलाइ भएको समेत बताए।

आयोजनाको केन्द्रिय कार्यालय दरबार मार्गमा भएको छलफलमा नेकपा केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज मिना सी -सरिता,जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा,स्थानीयहरु पुर्ण भण्डारी, कमल बिश्वकर्मा लगायतको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।