३१ भाद्र २०८१, सोमबार

प्रधानमन्त्री हसिनाले देश छाेडिन्

0

विपक्षी दलहरूको पूर्ण समर्थन पाएको विद्यार्थी आन्दाेलन बङ्गलादेशकाे सर्वाेच्च अदालतको फैसलापछि झन् उग्र भएको थियो ।
आइतबार झन्डै १ सय जना विद्यार्थी र आन्दाेलनकारीकाे हत्या भएपछि साेमबार अपरान्ह हजारौं आन्दाेलनकारी ढाकामा जम्मा भएर प्रधानमन्त्री निवासतिर मार्च गरेपछि प्रधानमन्त्री शेख हसिनाले विमान चार्टर गरेर देश छाडेकी छन् । त्यहाँको सेनाले थप रक्तपात गर्न अस्वीकार गरेपछि हसिना देश छाेडेर भाग्न बाध्य भएकि हुन् । दिल्लीको आर्शिवादमा निरङ्कुश सत्ता चलाउँदै आएकाे आराेप लागेकी हसिना अन्ततः देश छाेडेर भाग्न बाध्य भएकी छन् । उनी भारतको त्रिपुरा गएको समाचार छ । बंगाली सेनाले देशको अवस्था सम्हाल्दै अन्तरिम सरकार गठन गर्न पार्टीहरूसँग वार्ता चलाइरहेको सेनाले बताएको छ । सेनाले गाेली नचलाउन फाैजलाई निर्देशन दिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।