३१ भाद्र २०८१, सोमबार

समाजवादी, लोकतान्त्रिक गणतन्त्रवादीसँग सहकार्य गर्ने नेकपा सुदूरपश्चिम प्रदेशको निर्णय

0

धनगढी । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश समितिले देशभक्त, कम्युनिष्ट, समाजवादी र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ । उक्त पार्टीले विज्ञप्ति जारी गर्दै देशभक्त, कम्युनिष्ट, समाजवादी र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको जानकारी गराएको हो । पार्टीको केन्द्रीय नीति अनुरूप चार मित्रशक्ति, चार मित्रवर्गका रूपमा किसान, मजदुर, मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्ग र छ मित्र समुदायका रूपमा खसआर्य, जनजाति,मुस्लिम, मधेशी, महिला र श्रमिक दलित वर्गबाट ध्रुवीकरण र एकतामा जोड दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेश सचिवालयको बैठकले नेपाली विशेषताको समाजवाद र एकीकृत जनक्रान्तिबारे स्पष्ट पार्न आन्तरिक स्कुलिङ, प्रशिक्षण र बाह्यरूपमा भेटघाट तथा अन्तरक्रिया गर्ने, पार्टी प्रदेश कार्यालयका तर्फबाट सरकारी कार्यालय समन्वय विभाग गठन गरी जनताको काममा सहजिकरण गर्ने निर्णय गरेको प्रदेश इन्चार्ज भरत सीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । एमसीसी र त्यसका नाममा बढेको अमेरिकी हस्तक्षेपको भण्डाफोर गर्ने, शिक्षा, स्वास्थ्य र विकास,अनुदानका योजनामा भएका विकृत्ति र भ्रष्टाचार विरूद्ध संघर्ष गर्ने, सुदूरपश्चिम प्रदेशमा भएको बजेट शुन्यताको अन्त्य गर्न ध्यानाकर्षण गराउने, पार्टीको उत्पादनको योजनाका कार्यले राम्रो प्रभाव पारेको र त्यसलाई प्रभावकारी, प्रविधिमैत्री र विस्तार गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।