७ बैशाख २०८१, शुक्रबार

१५ दिने सहिद स्मृति विधागत साँस्कृतिक प्रशिक्षण भब्य रूपमा सम्पन्न

0

समर झुसे ललितपुर ।  अखिल नेपाल सांस्कृतिक महासंघ अन्तरगत केन्द्रिय सामना परिवारले आयोजना गरेको विधागत साँस्कृतिक प्रशिक्षण कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी का महासचिव निवास ललितपुरको हरिसिद्धीमा सम्पन भएको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अखिल नेपाल सांस्कृतिक महासंघका अध्यक्ष माइला लामा नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला ईन्चार्ज नबिन नेपाल कम्युनिस्ट पार्टी सीसीएम भक्तपुर इन्चार्ज आस्था अखिल नेपाल साँस्कृतिक महासंघका महासचिव कुशल बोगटी लगाएत अन्य अथितिहरुको उपस्थिति थियो ।

प्रमुख अथितिहरु बोल्ने क्रममा  अहिलेको दलाल सत्ता विरुद्ध लड्नु पर्ने जोड दिनु भएको थियो । सरकार ले तीन वुँदे सहमति लागु नगरे पछि जनसंघर्ष मा जानु पर्ने बाध्यता आउन सक्ने धारणा राख्नुभएको थियो । नेपाल कम्युनिस्ट पार्टी विरुद्ध साम्राज्यवादी / बिस्तारवादी घेराबन्दी गरेको छ यसको विरुद्ध सबै देशभक्त, कम्युनिस्ट, गनतन्त्रवादी, सेना, प्रहरी, सच्चा लोकतन्त्रवादी समाजवादी राजनैतिकदलहरुले साथ दिनुपर्ने बताउनु भयो ।

कार्यक्रम मा विभिन्न विधाका गुरु हरुलाई सम्मान गरिएको थियोे । कार्यक्रमको संञ्चालन सामना परिवार का सचिवालय सदस्य लक्षमनले र कार्यक्रम को सभापति सामना परिवार संयोजक आरोहले गर्नु भएको थियो । कार्यक्रम मा ५० भन्दा वढीको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।