३१ भाद्र २०८१, सोमबार

माओवादीलाई हिंसावादी भन्दा प्रतिरोध गर्न नसक्ने संसदवादी माओवादीहरु मरणशिल छन् : असल सी

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका पाेलिट ब्युरो सदस्य असल सीले संसदमा माओवादीलाई हिंसावादी भन्दा प्रतिरोध गर्न नसक्ने संसदवादी माओवादीहरु मरणशिल भएको बताएका छन् ।
दाङमा पार्टीको राप्ती क्षेत्रको माध्यमिक तहको स्कुलिङ कार्यक्रममा प्रशिक्षणको क्रममा उनले यस्तो बताएका हुन् ।

आजका संसदीय माओवादी मरणशिल माओवादी हुन् ।’,नेता असलले भने, ‘माओवादीहरु जिवनशिल हुन्छन् तर संसदीय माओवादीहरु मरणशिल छन् । उनीहरुमा जीवन छैन्, केवल श्वास फेरेका छन् । संसदीय माओवादीहरु मृत्यु शैय्यामा छन् ।’

संसदमा माओवादीलाई हिंसावादी भन्दा कुर्सी उठाएर ठटाउन नसक्ने माओवादी हुन्छ? उनले थप भने,– ‘माओवादी जनयुद्ध भनेको नेपाली जनताको अहिलेसम्मको सर्वश्रेष्ठ आन्दोलन हो । हामीले हिंसा गरेका होइनौं बरु हामीले राज्यको हिंसाको प्रतिरोध गरेका हौं । हिंसा त राज्यले गरेको हो हाम्रा विरुद्ध, जनताको विरुद्ध । संसदमा माओवादी आन्दोलनलाई हिंसा हो भन्दा समेत प्रतिरोध गर्न नसक्ने संसदीय माओवादीहरुलाई जिवनशिल भन्न मिल्छ? यो मिल्ने कुरा होइन, यी जिवित प्राणी होइनन् ।’

नेता असलले क्रान्ति प्रतिक्रान्तिमा बदलिएपछि पराजित प्रतिक्रियावादीहरुले हमला गर्ने बताए ।

उनले भने– ‘ क्रान्तिलाई बिजयी नगराई प्रतिक्रियावादीहरुको शरणमा पुग्दाको परिणाम अहिले माओवादी केन्द्रले भोग्दैछ । हामीले उतिबेलै भनेका हौं क्रान्ति पूरा भएको छैन, त्यो अहिले पुष्ठि चौतर्फी भइरहेको छ । संसदीय व्यवस्था बुर्जुवाहरुको व्यवस्था हो । यो व्यवस्थाले जनताको र मुलुकको भाग्य र भविष्यको फैसला गर्न सक्दैन भन्ने कुरा हजारौं पटक प्रमाणित भएको छ । संसदीय माओवादीहरुसंग अब केवल दुई विकल्प छन्, संसदीय सुंगुरको खोरबाट बाहिर निस्किने वा यहि दलदलमा फसिरहने? प्रचण्डहरुलाई त हाम्रो आग्रह छ आउनुस् क्रान्तिको अधुरो प्रक्रियालाई पूरा गरौं, जनताको समाजवाद प्राप्तिको अभिलाषा पूरा गरौं । तर उहाँहरुको सत्ता मोह हट्न सकेको छैन ।’

स्कुलिङमा समाज विज्ञान पढाइरहेका नेता असल सीले नेकपाले एकीकृत जनक्रान्तिको माध्यमबाट जुनसुकै मूल्य चुकाएर भएपनि समाजवाद ल्याई छाड्ने दृढ संकल्प रहेको बताए ।

उनले भने, ‘ हामीले विचार, दर्शन, राजनीतिक अर्थशास्त्रमा नयाँ विकास गरेका छौँ, त्यसको एउटै उद्देश्य क्रान्ति पूरा गर्नेमा छ । अहिलेको यो दलाल पुजीवादी संसदीय व्यवस्था असफल सावित भइसक्यो । हामीले दलाल पुजीवादको विकल्पमा नेपाली बिशेषताको कार्यक्रम अगाडि सारेका छौँ । हामीले क्रान्ति पूरा गर्न श्रम, संघर्ष र अनुसन्धानको नयाँ स्कुल प्रारम्भ गरेका छौँ, यो अत्यन्त महत्वपूर्ण कुरा हो ।’

नेता असलले माओवादीमाथि हिंसा जस्ता घोर आपत्तिजनक शब्द प्रयोग नगर्न एमालेका सांसद योगेश भट्टराईलाई चेतावनी समेत दिएका छन् ।

यसैबिच नेकपा लुम्बिनी प्रदेश अन्तर्गत राप्ती क्षेत्र स्तरीय माध्यामिक तह स्कुलको बिहीबार सम्पन्न भएको छ ।

पार्टीका पिबिएम आदर्श सीको अध्यक्षता एवम पार्टीका पिबिएम पार्टीका पिबिएम एवम स्कुलिङ विभाग प्रमुख भेषराज सीको प्रमुख आतिथ्यतामा स्कुलिङ सम्पन्न भएको छ ।

पार्टीका पिबिएम असल सी, पार्टीका केन्द्रीय सदस्यद्वय प्रयास सी, तिर्थ सी लगाएतको आतिथ्यता रहेको थियो भने पार्टीका राप्ती क्षेत्र अन्तर्गतका केन्द्रीय सदस्यहरुको समेत आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा प्रशिक्षकहरुलाई बधाई मन्तव्य पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सीले व्यक्त गरेका थिए ।

सोही अवसरमा स्कुलिङका प्रशिक्षकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

पार्टीको ५ दिने स्कुलिङमा दर्शनशास्त्र, भौतिक विज्ञान, समाज विज्ञान, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विषयमा करिब ५० जना जिल्ला स्तरका माथिल्लो तहका नेताकार्यकर्तालाई प्रशिक्षित गरिएको थियो ।

माध्यामिक तह स्कुलिङ कार्यक्रमको समापन सत्रको सञ्चालन पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।