३१ भाद्र २०८१, सोमबार

अखिल (समाजवादी) द्वारा चितवनमा शिक्षालय सुधार तथा संगठन विस्तार अभियान सुरु

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी) ले नारायणी -मधेस प्रदेशमा शिक्षालय सुधार अभियान सञ्चालन गरेको छ । यतिबेला प्रदेश अन्तर्गतको चितवन जिल्लामा अभियान रहेको छ । सार्वजनिक शिक्षाको गुणस्तर र नागरिकबीच सरकारी पठनपाठनप्रति प्रश्न उठिरहेको बेला शिक्षालय सुधारमा अभिप्रेरित गर्ने उदेश्यले अभियान शुरुवात भएको चितवन संयोजक सुदिप सीले बताए ।

अखिल (समाजवादी) को देशव्यापी अभियान अन्तर्गत नारायणी-मधेस प्रदेशमा सुरुवात गरेको अभियानमा संगठन निर्माण, वृक्षारोपण, विद्यार्थी जागरण, शिक्षक अभिभावक र विद्यार्थीसङ्ग समस्याबारे अन्तर्कृया गर्ने, सरोकारवालाहरुलाई झक्झक्याउने, शैक्षिक सामग्री वितरण गर्ने लगायत रचनात्मक कार्यक्रम रहेका छन् ।

अखिल (समाजवादी) का सचिव  एवम प्रदेश इन्चार्ज अटल सी,  केन्द्रिय सदस्य सुदिप सी, जिल्ला नेताहरु  र इकाई प्रमुखहरु अभियानमा सहभागी रहेको बताइएको छ ।

अभियान अन्तर्गत विभिन्न कलेजहरुको र विद्यालयको इकाइ भेला/सम्मेलन समेत भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।