
नेपाल कम्यूनिस्ट पार्टी धनुषा जिल्ला समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले अहिलेको दलाल संसदीय व्यवस्थाको सरकार नै लघुवित्त तथा मिटर व्याजीको पक्षपोषण गरिरहेकाले यो सरकार जनताप्रति उत्तरदायी नभएको बताएका छन् । श्रमजीवि जनताको पसिनाबाट बनेको राज्यकोष श्रमजीवि जनताको नभई श्रम नगर्ने मुठ्ठीभर मान्छेको अधिनमा रहेको दाबी गरे ।
बैठकले लघुवित्त, मिटरब्याजी विरुद्ध थप संघर्ष गर्ने निर्णय गरेको छ ।
पार्टी सेक्रेटरी राजन सीकाे अध्यक्षतामा बसेकाे बैठकमा पार्टी पिबिएम तथा धनुषा जिल्ला इन्चार्ज त्रिलोक सीको पनि उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्